कोहलपुर/ लक डाउनका कारण रगत अभाव भएको भन्दै उडान नेपालले कोहलपुरमा रक्त दान कार्यक्रमको आयोजना गरेको छ ।
कोहलपुर रक्त सञ्चार केन्द्रमा रगतको अभाव रहेकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको उडान नेपालकी अध्यक्ष अन्जु न्यौपानेआचार्य ले जानकारी दिईन । बिहान ८ बजे सुरु भएको कार्यक्रम दिउसो १ बजे सम्म जारी रहने अध्यक्ष अन्जुले जानकारी दिईन ।
उडान नेपालले युवा लक्षित बिभिन्न सचेतना मुलक, साकृतिक जर्गेना लगायतका समाजिक सेवाका कामहरु गदै आएको अन्जुको भनाई छ ।