१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कविता – तिमी हराए पछि


तिमी र म फरक फरक सहरमा
एकैसाथ हरायौँ ।
फरक फरक वस्तीमा
फरक फरक बाटो बनाएर हरायौँ ।
तर,
खोज्नेले एउटै आरोप लगाइ
एउटै सहरमा खोजे ।
खोज्नेले मलाई भेटे
तर तिमी कहाँ हरायौ ?

सोच्दै छु,
ती समानतामा कति थिए हाम्रा?
तिमी हराएको संसार थाहा छैन मलाई
तिमीलाई नि थाहा छैन होला
अहिलेको अवस्था ।
म भने कठघरामा उभिएर
अबोध जाहेरी प्रस्तुत गर्न विवश छु ।
आशङ्काका नयनहरूले अपराधी
देख्छन् चेहेरा ।

मेरा अबोध अस्तित्वहरूलाई
लुछिरहेछन ब्वाँसाहरूले
तिमी हराए पछि ।
विगत नजिरका पदचाप पछ्याउँदै
तिम्रा कदमको भागिदार बन्न
मेरो खप्पर विवश छ ।
हराउनु नै थियो भने
कागतालीको त्यो क्षणमा नै किन हरायौ ?
परिबन्धको नजरबन्दबाट
दिँदैनन्, सङ्घर्षको मैदानमा हार स्वीकार्न पनि ।
दोसाँधमा निहुरिएको शिर
अनि, बेचैन मन मुक्तिको लागि
समाजसँग वयान दिनेछौं भन्ने
अपेक्षामा कुर्दै छु यहाँ ।
यस लोकमा त सम्भव छ छैन ?
थाहा छैन मलाई,

परलोकको शान्त चौतारीमा बसेर
प्रायश्चित्तका आँसुले पखाल्ने
तिर्सना बाँकी छदैछ ।
आँसुका तलाउमा पौँडिन अवश्य आउनू है !!
किनकि
सामीप्यतामा उर्लिएको वहले मुक्ति देला कि ?

Nabintech