कोहलपुर/ कोहलपुर देखि राप्ती सोनारी तर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । ४ दिनको सुत्केरी लिएर कोहलपुर देखि राप्ती सोनारी गाउँपालिका वडा नं १ कुसुम जाँदै गरेको स्वेता पोलि क्लिनिकको भे १ च ३१७१ नंम्वरको एम्बुलेन्स दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनमा परि एम्बुलेन्स चालक गोपाल बुढा,पोलि क्लीनिक सञ्चालक मिनराज खडका र सुल्केरीका आफ्न्त रहेको प्रहरीले जनाएको छ । घटनामा सुत्केरीका श्रीमान बिनोद परियार,सासु सिता दामाई पनि घाईते भएको प्रहरीको भनाई छ । सिता दमाईको टाउको र खुट्टामा चोट लागेको भए पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।