५ माघ २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चिनियाँ सेनाले नेपाल ल्याइदियो मेडिकल सामग्री


चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको
छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।

मेडिकल समाग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो ।

यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताए । ‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएका हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ ।’
सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त ग¥यो भन्ने खुलाइएको छैन ।यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो ।

Nabintech