४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लक डाउन व्यवस्थीत गर्दै कोहलपुर नगरपालिका


कोहलपुर/ कोहलपुर नगर क्षेत्रमा लक डाउनको प्रभावकारी पालना गराईने भएको छ । मंगलवार कोहलपुर नगरपालिका बिपद् व्यवस्थापन समितिको बैठकले लकडाउनलाई प्रभावकारी वनाउने निर्णय भएको हो ।

कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले बैक तथा बित्तीय संस्थाका कारण लक डाउन उलंघन भएको भन्दै हप्तामा २ दिन मात्रै बैंक तथा बित्तिय संस्था खोल्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार आईतवार र बुधवार बिहान ११ बजे देखि ३ बजे सम्म खोल्ने निर्णय भएको छ । रावतका अनुसार निर्माण सामाग्री साँझ ७ बजे देखि ११ बजे सम्म निर्माण समाग्री ढुवानि गर्ने निर्णय भएको छ ।

बैठकमा हाल सम्म कोरोना नियन्त्रणका लागि भएका प्रयास र हाल सम्म भएको खर्च बिवरण सार्वजनिक गरिएको छ । हाल सम्म १ करोड बढि राहात बितरण गरिएको नगरपालिकाले जानकारी दिएको साथै हाल सम्म बिभिन्न संघ सस्था मार्फत १५ लाख बढि राहात संकलन भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देब भारतीले जानकारी दिए ।

बैठकमा भारत बाट आउने स्थानीयलाई क्यारेन्टाईन राख्नु पर्नेमा जोड दिदै क्वारेन्टाईनमा राख्नका लागि आवश्यक तयारी गर्ने निर्णय भएको छ ।

Nabintech