११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका ३० जनाकै नेगेटीभ रिपोर्ट


कोहलपुर/ कोरना परिक्षणका लागि कोहलपुर नगरपालिका भित्रबाट स्वाब संकलन गरिएका ३० जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

कोहलपुर नगर पालिका वडा नं ४ को मदरसा हिमालय गरिव नवाज प्राबिमा स्वब संकलन गरिएका ३० जनाकै रिपोर्ट नेगेटिभ आएको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोख्रेलले बताए ।

कोहलपुर नगरपालिका वडा नं ४ र ९ मा पछिल्लो समय भारत बाट आएका मानिसहरु बसेको हुन सक्ने आशंकामा स्वाब संकलन गरिएको थियो ।
जिल्ला जनस्वाथ्य कार्यालय,कोहलपुर नगर स्वास्थ्य शाखा र विश्व स्वास्थ्य संगठनको टोलीले ३० जनाको स्वब संकलन गरेको थियो ।

Nabintech