१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर क्षेत्रका संचारकर्मीलाई बदनाम गराउने गरि भएका गतिबिधी प्रति ध्यानाकर्षण


कोहलपुर/ केहि दिन यता कोहलपुर क्षेत्रका संचारकर्मीलाई बदनाम गराउने गरि भएका गतिबिधी प्रति कोहलपुर क्षेत्रका सञ्चारकर्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मंगलवार कोहलपुर क्षेत्रमा रहेका सञ्चारकर्मीको संयुक्त बैठक पछि प्रेस नोट प्रकासित गर्दै केहि दिन देखि कोहलपुर क्षेत्रका पत्रकारलाई रिचार्जकार्ड, पेट्रोल, अण्डा लगायतका समग्री बितरण गरेका समाचार केही संचारमाध्यम तथा समाजिक सञ्जालमा आएको प्रति दुख्ख व्यक्त गरेका हुन । एकआध पत्रकारलाई व्यक्तिगत सहयोग गर्ने नाममा समग्र कोहलपुर क्षेत्रका पत्रकारको समाजिक गरिमामा आँच पु¥याउने गरि भएका यस्ता गतिबिधी रोक्न प्रेस नोट मार्फत माग समेत गरेका छन् ।

प्रेस नोटमा कोहलपुर क्षेत्रका क्रियाशिल पत्रकारहरु प्रदिप वाग्ले नयाँकोर्स अनलाईन, बिष्णु बेल्वासे, कोहलपुर,,शिब सुनार, नया“कोर्स अनलाईन,लक्ष्मण सापकोटा, युगयान दैनिक, बिनोद पौडेल, मिसन टुडे दैनिक मिसन रेडियो, कृष्ण ओली मिसन टुडे र हुमहरी भटराई खबर क्विकले संयुक्त हस्ताक्षर गर्दै सञ्चार क्षेत्र र सञ्चारकर्मी माथि परेको असर कम गर्न र वास्तविक समस्यामा परेका सञ्चारकर्मी तथा मिडिया हाउसलाई सहयोगार्थ पहल कदमी लिन नेपाल पत्रकार महासंघ लगाएत आस्थाका संघ संगठनहरुलाई अपिल गरिएको छ ।

 

 

Nabintech