१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
हुलाकी सडक निर्माणका लागि निर्माण सामाग्री अभाव

राप्तीसोनारी गाउँपालिकाले समयमा नदिजन्य पदार्थको ठेक्का नलगाउदा समाग्री अभाव



कोहलपुर (बाँके)/ राप्ती सोनारी गाँउपालिकामा निर्माणाधीन हुलाकी सडकलाई निर्माण समाग्रीको अभाव भएको छ । राप्ती सोनारी गाउँपालिकाको नारायणपुर धामपुर हुदै बिनौना जोड्ने सडकका लागि निर्माण समाग्री अभाव भएको हो ।

राप्तीसोनारी गाउँपालिकाले जदिजन्य पदार्थ उत्खनन्का लागि टेण्डर लगाउन नसक्दा निर्माण सामाग्री अभाव भएको एपेक्स कंकाली खड्का कृष्ण जेभीका सञ्चालक जय केसीले जानकारी दिए ।

सञ्चालक केसीले २१ किलोमिटर सडक निर्माणका लागि अधिकाँस स्थानमा माटो पटान गनु पर्ने अवस्था रहेको र माटो पटानको काम ९० प्रतिशत सकिएको जानकारी दिए । उनले माटो पटानको काम सम्पन्न भई सकेको र केहि स्थानमा कल्भर्ट निर्माणको काम भई रहेको बताउदै ग्राबेलको अभाव रहेको जानकारी दिए । सञ्चालक केसीले निर्माण समाग्री अभाव रहेको बारे राप्तीसोनारी गाउँ पालिका,हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय बाँके लाई ३ महिना अघि पत्र मार्फत जानकारी गाराई सकिएको भए पनि कुनै जवाफ नआएको नयाँकोर्स लाई जानकारी दिए ।

उनले माटो पटान गरेको स्थानमा वर्षा अघि नै ग्रावेल हाल्न नसके स्थानीय बासिन्दाले निकै सास्ती खेप्नु पर्ने बताए । उनले बाटो निर्माण सम्झौता गरेको ६ महिनाको अवधिमा कोरोना माहामारीका बिच माटो पटानको ९० प्रतिसत र टोटल कामको २० प्रतिसत काम सम्पन्न भई सकेको जानकारी दिए । २१ किलोमिटर सडक ३ बर्ष भित्र सक्ने गरि ६ महिना अघि एपेक्स कंकाली खड्का कृष्ण जेभिले ठेक्का सम्झौता गरेको थियो ।

केसीले गुणस्तरीय निर्माणका लागि ट्यांकीमा पानी बोकर भएपनि गुणस्तयीय निर्माणको काम गरेको दाबि समेत गरे ।

सञ्चालक केसीले सडक निर्माणका क्रममा केहि रुखहरु काटान गनुपर्ने भएपनि कटानको काम हुन नसक्दा बाटो निर्माण ढिलाई हुने अंसका पैदा भएको समेत दाबि गरे ।
निर्माण समाग्रीको समयमै उपलब्धता भएमा र बाटो निर्माणका लागि कटान गनुपर्ने रुखहरु समयमै कटिएमा निर्माण अवधिको एक बर्ष अगावै काम सक्ने लक्ष्य रहेको केसीको भनाई छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका ईन्जिनियर राम सागर हरिजनले बातावरणीय प्रभाव मुल्याङकनको काम भई रहेकाले रुख काट्ने कामममा ढिलाई भएको जानकारी दिए । उनले निर्माण समाग्रीको उपलब्धताका लागि सम्वन्धीत निकायलाई निर्देशन दिई सकेको जानकारी दिए । उनले बाटोको गुणस्तरीयताका लागि क्युव बनाएर ७ दिन र २८ दिनमा परिक्षण गर्ने गरिएको जानकारी दिए । उनले गुणस्तरीताको निरीक्षणका लागि आयोजना कार्यालयको तर्फबाट ३ जना प्राबिधिक र सुपरभाईजरहरु फिल्डमा नियमित खटिने गरेको समेत जानकारी दिए । उनले आयोजनाको काम सन्तोष जनक तरिकाले अगाडि बढि रहेको जानकारी समेत दिए । उनले बस्ती रहेको स्थानमा सडकको दायाँ बाया नाली समेत निर्माण गरिने जानकारी दिए ।

Nabintech