४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वडा सदस्यले स्वयम् सेवकलाई थर्काए


कोहलपुर/ राप्तीसोनारीको वडा नं ८ मा लकडाउनलाई प्रभावकारी बनाउन स्वयम् सेवकको रुपमा खटिएका युवाहरुलाई वडा सदस्यले सार्वजनिक स्थलमा अपमान जन्य काम गरेको भन्दै युवाहरु रुष्ट भएका छन् ।

वडा नं ८ को विपद् व्यवस्थापन समितीको बैठकबाट लकडाउनलाई प्रभावकारी बनाउन स्वयम् सेवकको रुपमा खटिएका टाईगर स्पोटर्स क्लवका युवाहरुलाई वडा सदस्य तारा वि.क.ले सार्वजनीक रुपमा अपमान र गालिगलोज गर्दै धम्काएको क्लवका अध्यक्ष नविन कुमार खत्रीले गुनासो गरेकाछन् ।

वडाको निर्णय अनुसार वडा नं ८ को चोक चोकमा स्थानीय प्रहरीलाई सघाउँदै लकडाउनलाई प्रभावकारी बनाउन सहयोग गर्दै आएका स्वयम् सेवकहरुलाई वडा सदस्य वि.क.ले धम्कीपुर्ण तरिकाले अपमान जन्य घृणित काम गरेकाले कानूनी उपचारमा जाने तयारी भैरहेको क्लवका अध्यक्ष खत्रीले बताए ।

क्लवका अध्यक्ष खत्रीले भने वडाको निर्णयको आधारमा चोक चोक मा करिव २२ जना युवाहरु स्वयम् सेवकको रुपमा खटिडै आएका थिए । एकासी डिउटीमा रहेका युवाहरुलाई धम्काउँदै अपमान गरेकाले अव हामी कानुनी उपचारका लागि प्रहरीमा उजुरी दिने तयारी गरेका छौं ।

यस विषयमा राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडा सदस्य तारा वि.क.सँग मोवाइमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Nabintech