५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विकासका काम सुचारु गरिने


कोहलपुर/ राप्ती सोनारी गाउँ पालिका वडा नं ५ ले राष्ट्रिय गौरवका आयोजनाका काम लाई सुचारु गर्ने निर्णय गरेको छ ।

वडा अध्यक्ष झगरु थारुको अध्यक्षमा भएको बैठकले लक डाउन लाई कडाई गर्ने तर बिकासकामलाई भने नरोक्ने निर्णय गरेको अध्यक्ष थारुले जानकारी दिए । यस अघि बसेको वडाको सर्बदलिय सर्व पक्षिय बैठकले बैषाख ३० गते सम्म बिकासका काम रोक्ने निर्णय गरेको थियो ।

राप्ती सोनारी गाँउपालिका ५ मा राष्ट्रिय गौरवका आयोजना रोकिएको बारे नयाँकोर्सले समाचार प्रकाशन गरेको थियो । सो क्षेत्रमा राष्ट्रिय गौरवको हुलाकी राजमार्ग र सिक्टा सिचाई आयोजना को पुर्बि नहर निर्माणको काम भई रहेको छ ।

Nabintech