५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
 निजामती कर्मचारी संगठन बाँकेको “भिडियो कन्फरेन्स”


कोहलपुर/ निजामती कर्मचारी संगठन बाँकेको भिडियो कन्फरेन्समार्फत बैठक सम्पन्न भएको छ । पछिल्लो समय कोरोना संक्रमणको हटस्पटका रुपमा बाँके देखिएपछि कोरोना नियन्त्रणमा राष्ट्रसेवक कर्मचारीहरुको भुमिका तथा रणनिति तय गर्न बैठक आयोजना गरीएको हो ।

“भिडियो कन्फरेन्स” मार्फत भएको सो बैठकले जिल्ला प्रशासन लगायत सम्बन्धित निकायहरुसँग छलफल र समन्वय गरि राहत, उपचारका साथै अन्य के कस्तो सहयोग गर्न सकिन्छ रु सो विषयमा सम्बन्धित निकायहरुसँगको राय र छलफल पछी निर्णय गर्ने, संक्रमण फैलिएको क्षेत्र र कन्ट्रयाक्ट ट्रेसिंग गरि सम्पर्कमा आएका सबैको यथाशिघ्र परिक्षण गरिनुपर्ने र परिक्षणको दायरा समेत बढाउनु पर्ने, कोरोना रोकथाम र नियन्त्रणमा खटिएका सबै स्वास्थ्यकर्मीहरुलाई अनिवार्य पिपीई सहित सबै स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्त व्यवस्था गरिनुपर्ने र त्यसरी विरामीको सम्पर्कमा आएका र कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी सहितका कर्मचारीहरुको कोरोना भाइरस परिक्षण गरिनुपर्ने, कोरोना रोकथाम र नियन्त्रणमा खटिएका सबै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता र विमाको शुनिश्चितता गरिनुपर्ने लगायतका निर्णय गरिएको गरेको नेपाल निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष अग्नी प्रसाद आचार्यले जानकारी दिए ।

संगठनका सचिव देवीलाल चौलागाईंले बैठकमा भएका निर्णयहरु प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन ।

Nabintech