५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रहरी चौकी ढकेरीलाई पानी र चाउँचाउँ सहयोग


कोहलपुर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्तीसोनारी गाउँपालिका कमिटीका सचिव मनोज के.सीले प्रहरी चौकी ढकेरीलाई चाउचाउ र पानी सहयोग गरेका छन् । विश्व व्यापी फैलिएको कोरोनासँग जुधन अहोरात्र खटीने प्रहरीलाई हैसला प्रदान गर्न चाउँचाउ र पानी सहयोग गरेको के.सी.ले बताए ।

नेकपा राप्तीसोनारी गाउँपालिका कमिटीका सदस्य रमेश खनाल,वडा कमिटी अध्यक्ष सालिकराम डाँगी,टोल कमिटी अध्यक्ष बिष्णु के.सी. र टाईगर स्पोर्ट क्लवका अध्यक्ष नविन के.सी.को सहभागितामा प्रहरी चौकी ढकेरीका ईन्चार्ज कुमार के.सी.लाई उक्त सामानहरु हस्तान्तरन गरिएको थियो ।

सिंगो देश नै माहामारीसँग जुधीरहेका बेला प्रहरीले जोखिम पूर्ण र उदारनीय काम गरेको भन्दै नेकपा राप्तीसोनारी गाउँपालिका कमिटीका सचिव के.सी.ले नेपाल प्रहरीलाई सानो भए पनि सहयोग गरेको बताए ।

प्रहरी चौकी ढकेरीका ईन्चार्ज के.सी.ले सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै सरकार र प्रहरी संगठनले दिएको जिम्मेवारी पुरा गर्नु प्रहरीको दायित्व भएको बताए ।

Nabintech