८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राष्ट्रिय गौरव आयोजनाको काम अवरुद्ध

हुलाकीको काम सञ्चालन गर्न जिल्ला प्रशासनले दिएको अनुमती वडाले रोख्यो



कोहलपुर/ लामो लक डाउनका कारण विकास निर्माणका क्षेत्रमा गम्भिर असर पर्ने देखिएको छ । आर्थिक बर्षको अन्त्य तिर विश्वव्यापी रुपमा फैलिएको महामारिका कारण जिल्लामा साना ठुला विकासका कामहरु ठप्प भएका हुन् ।

जिल्लामा पालिका स्तर देखि संघिय सरकार र राष्ट्रिय गौरवका सवै आयोजनाहरु ठप्प रहेको निर्माण व्यावसायीहरुले बताएका छन । दिनरात नभनी काम गर्नु पर्ने समयमा बिगत डेढ महिना देखिको लक डाउनले काम काज पुर्ण रुपमा ठप्प हुदा विकास निर्माणको काम रोकिनुका साथै व्यवसायमा नकारात्मक असर पर्ने बाँकेको राप्ती सोनारीमा निर्माणाधिन हुलाकी मार्ग निर्माणको जिम्मा पाएको एपेक्स कंकाली खड्का कृष्ण जे.भी.का प्रतिनिधी नरेश खत्रिले जानकारी दिए ।

लक डाउनका कारण कामदार पाउन मुस्कील भएको तथा निर्माण सामाग्री उपलब्ध हुन गाह्रो भएको खत्रिको भनाई छ । केहि दिन पहिले राप्ती सोनारी गाँउपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको अनुमतिमा काम सुचार गर्ने तयारी गरिएको भएपनि हाल राप्ती सोनारी गाउँ पालिका वडा नं ५ ले काम पुर्ण रुपमा रोक्न निर्देशन दिएपछि थप समस्या पैदा भएको बताए । कतिपय स्थानमा बाटो खनेर कल्भर्ट निर्माणको काम भई रहेकाले बर्षात अघि सो काम सक्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

लक डाउन केहि दिन लम्बिय बर्षाको समय सुरु हुने र खोला नाला बाट निर्माण समाग्री समेत निकाल्न कठिनाई हुने भएको ठुला आयोजनाको हकमा राज्यका तर्फ छुटै व्यवस्था गनुपर्ने उनले माग गरे ।

६० करोड बढि लागतमा निर्माण भइरहेको २० किलो मिटर बाटो पिच गर्नुपर्ने छ । सो काममा झण्डै १ दर्जन बढि कल्भर्ड निर्माण गनुपर्ने निर्माण कम्पनिले जनाएको छ । कम्पनीले आगामी तीन बर्ष भित्रमा निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने छ ।

लक डाउनका कारण राप्ती नदिमा बिनौना माथेवास जोडने पुल निर्माणको काम समेत प्रभाबित भएको छ । निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण सेवाका प्रोपराईटर सुजित श्रेष्ठले जेठ महिना लागेसंगै नदिनमा पानीको बहाब बढने भएकाले काम गर्न गाह्रो हुने बताए । झण्डै १ महिना लक डाउन पछि काम सुचारु गर्न सम्वन्धीत मन्त्रालयले अनुमति दिएको भएपनि निर्माण सामाग्रीको अभाव भएका कारण काम गर्न गाह्रो भएको जानकारी दिए ।

लोकल मार्केटमा उपलब्ध हुने निर्माण सामाग्रीबाट बर्षा अघि सक्नु पर्ने काम लाई केहि हद सम्म सुचारु गरिएको जानकारी दिए । राप्ती नदिमा बैकल्पीक मार्गका रुपमा ५ सय मिटर लामो पुल निर्माण भई रहेको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत सिक्टाको पूर्विनहरको समेत जिम्मा लिएको सो कम्पनिले निर्धारित समय भन्दा छिटो सक्ने गरि काम भई रहेको भएपनि लक डाउनका कारण समस्या परेको बताए । उनले बर्षात अघि कतिपय बाटो घाटो कल्भर्ट निर्माण गनुपर्ने काम समेत नहुदा समस्या पैदा भएको बताए ।

राप्ती सोनारी गाँउपालिकाले राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा रोक लगाउँने कुनै पनि निर्णय नगरेको बताएको छ ।

Nabintech