५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाका केन्द्रिय सदस्यद्धय यादव र अथकले उप प्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई भेट गरे


कोहलपुर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं बाँकेका ईन्चार्ज दिनेश चन्द्र यादव र केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नं १ का साँसद महेश्वर गहतराज (अथक) ले आज उप प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेलसँग भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक समेत रहेका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री पोख्रेलसँग बाँके जिल्लामा कोराना संक्रमितको संख्या २३ पुगेको बताउँदै भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरका लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको केन्द्रिय सदस्य यादवले नयाँ कोर्सलाई बताए ।

भेटघाटका क्रममा स्वास्थ्य कर्मिको छुट्टै आवास र सिमा पारी रहेका नेपालीको ब्यवस्थापनको बारेमा छलफल समेत गरिएको उनले बताए ।

उप प्रधानमन्त्री तथा रक्षा मन्त्री पोख्रेलले बाँकेमा कोरोना परिक्षणमा आवश्यक जनशक्ति,किट र जनशक्तिको अभाव हुन नदिने बताएको साँसद अथकले बताए । बाँकेमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले काम थालि सकेको बताउँदै सरकारले कुनै कसर वाँकी नराख्ने मन्त्री पोख्रेलले बताएको  भेटमा सहभागी साँसद अथकले बताए ।

Nabintech