८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाको हटस्पट : नेपालगञ्जमा शुक्रवार यता ९४ जनाको स्वाब टेष्ट

नेपालगन्जमा तत्काल किट अभाव छैन : फोकल पर्सन श्रेष्ठ



कोहलपुर/ नेपालगञ्जमा हाल सम्म २३ जनामा कोरोना पोजेटिभ देखिएसंगै कोरोनाको बढ्दो जोखिमका कारण नेपालगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।
नेपागन्जको पहिलो कोरोना पोजेटिभ ६० बर्षिय बृद्धको सम्पर्कमा ९४ जना प्रत्यक्ष सम्पर्कमा आएको देखिएको थियो । गत शुक्रवार पहिचान भएका पहिलो संक्रमितको सम्पर्कमा आएका आसंका गरिएका ९४ जनाको स्वाब संकलन गरेर टेष्ट भै सकेको छ । गत शुक्रवार एक बृद्धसंग प्रत्यक्ष सम्पर्कमा आएका ९४ जनाको मात्रै टेष्ट गरिएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनले हाल नेपालगंज प्राथमिकतामा रहेकाले तत्काल टेष्ट किटको अभाव नरहेको बताए । उनले हाल राज्यको फोकस नेपालगंज रहेकाले किटको सम्भाबित अभाव नहुने समेत दाबि गरे ।

परीक्षणको दायरा बढाउनु पर्ने छ । तर, पर्याप्त किटको अभावमा आवश्यक मात्रामा परिक्षण हुन सकिरहेको छैन । त्यसो त पिसिआर टेष्टका लागि सोमबार संघिय सरकार बाट २५० थान किट नेपालगंज आई पुगेको छ जुन पर्याप्त होईन ।  एक जनाको सम्पर्कमा आएर पोजेटिभ भएका २२ जनाको सम्पर्कमा आएकाहरुको पहिचान गरि तिनको टेष्ट गनु पर्ने अनिवार्य छ । तर किटको अभावमा परिक्षणको दायरा बढाउन सकिएको छैन ।

नेपालंजका बरिष्ट पत्रकार हेमन्त कर्माचार्याले टेष्टको दायरा बढाउनुको बिकल्प नभएको भन्दै जुन सुकै माध्यामबाट भएपनि टेष्ट किटको व्यवस्थापन गनु पर्ने मा जोड दिए । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले हाल काठमाण्डौमा रहेका बाँकेका संघिय साँसदहरुले यसको व्यवस्थापन गनु पर्नेमा जोड दिए ।

सरकारले २५ वैशाखपछि पनि देशैभरि लकडाउन थप गर्ने सम्भावना छ । यतिबेला लक डाउन संगै परीक्षणको दायरा बढाउनुपर्ने बेला भएको छ । तर त्यहीबेला किटको अभावले मेसिनहरु बन्द हुन थालेका खबर आइरहेका छन् । अब सरकारले तत्कालै किटको जोहो गर्न नसक्ने हो भने देशभरका ल्याबमा पीसीआर विधिबाट कोरोना परीक्षण रोकिन सक्छ ।
बाँकेका बरिष्ट फिजिसिन डाक्टर श्याम बिकले परिक्षणको दायरा बढाउनु पर्ने बेलामा ल्यावहरु बन्द गनु पर्ने अवस्था आउनु दुखद भएको नयाँ कोर्स लाई जानकारी दिए । उनले संक्रमण देखिएको क्षेत्र बाहेक फन्ट लाईनमा काम गर्ने स्वाथ्यकर्मि, सुरक्षाकर्मि र पत्रकार लगायतको पनि अनिवार्य जाँच गनु पर्ने अवस्था आएको बताए । उनले यस्तो अवस्थामा संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका हरुको समेत जाँच गर्न नसकिनु निकै बिडम्वनापुर्ण भएको बताए ।

किट नहुँदा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ । कोशी अस्पतालमा मेसिन बन्द भयो । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जडान भएको पीसीआर मेसिन सञ्चालन हुन सकेन ।

सरकारले यतिवेला स्वाथ्य समाग्रिहरुको उचित प्रवन्ध गर्न सकेको छैन । न आफैं किन्न सक्छ, न अरुले दिएको किट ल्याउन सक्छ । स्वास्थ्य मन्त्रालय भुमिका बिहिन जस्तै छ । क्याबिनेटले सेनालाई जिम्मेवारी दिएको १ महिना बढि भयो तर पनि परिणाम निस्कन सकेको छैन । देशैभरि किटको अभाव हुन थालिसकेको छ । स्वास्थ्य सामाग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले पनि तत्काल स्वास्थ्य सामाग्री ल्याउने अवस्था नरहेको उच्चस्तरीय समन्वय समितिका एक सदस्यले बताए ।

यता स्वास्थ्य सेवा विभागसँग स्वास्थ्य सामाग्री ल्याउन सम्झौता गरेका तीनमध्ये दुई कम्पनीको अन्तिम म्याद शुक्रबार नै सकिएको छ । तर आरएनए एक्ट्रयाक्सन किट लगायतका सामान अझै आएको छैन । विभागको आपूर्ति व्यवस्थापन महाशाखाको प्रमुख भोगेन्द्र डोटेलले ढुवानीको समस्या देखाउँदै म्याद थप्न पत्र पठाएको बताए ।
ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता भंग गरेको विभागले वैशाख ५ गते तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको थियो । कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सामग्री दुई साता भित्र ल्याउने गरी ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सम्झौता भएको थियो ।सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख थियो ।

सम्झौता गरेका मध्ये लुम्बिनी हेल्थ केयरले आइतबार अबेर सामान बुझायो भने अरु दुई कम्पनीले केही सामान बुझाएर दुई साता समय मागेका हुन् ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका एक कर्मचारी भन्छन, ‘ल्याबहरुमा एक दुई दिनलाई पुग्ने किट छ, बेलैमा नल्याए अपुग हुने देखिएको छ ।’
स्वास्थ्य सेवा विभागका अनुसार अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा केही सय आरएनए एक्सट्याक्सन किट छ भने केही किट अहिले कोरोना भाइरसको संक्रमण देखिएको नेपालगञ्ज पठाइएको छ । अब अरु ल्याबमा पठाउन थप किट छैन ।

Nabintech