कोहलपुर/ नेपालगञ्जको त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्।
मंगलवार विहान नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गामुढा प्रहार गर्नुका साथै प्रहरी कार्यालय नेपालगञ्जको मोबाइल गाडिमा समेत तोडफोड गरिदिएका छन् ।
वडा प्रहरी कार्यालय प्रमुख हरि बस्नेतका अनुसार डिउटीमा खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै वडा बा १ झ ८२ ८४ नं को गाडिमा तोडफोड गरेका छन् । गाडि पुर्णरूपमा क्षतिग्रस्त बनेको छ । अहिले त्रिवेणी मोड तनावग्रस्त बनेको छ ।