१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेका साँसदहरुको सक्रियता


कोहलपुर/ बाँकेमा कोरोनाको जेखिम बढेसंगै बाँके बाट प्रतिनिधीत्व गर्ने प्रतिनिधी सभा सदस्यहरुको सक्रियता बढेको छ । बाँकेका सासदहरुको टोलिले सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेट गरि जिल्लामा स्वाथ्य समग्रीको अभाव हुन नदिन ध्यानाकर्षण गराएका छन ।

उनिहरुले स्वाथ्य सामग्रीको उचिन व्यवस्था,सिमा नाका पुर्ण रुपमा सिल र आवश्यक मात्रमा स्वस्थ्य जनशक्ति केन्द्रबाट पनि व्यवस्थापन गर्न माग गरेको सांसद महेश्वर गहतराज अथकले जानकारी दिए । सांसदको टोलिको आग्रह लगतै स्वास्थ्य मन्त्रालयले नेपालगञ्जका लागि २५० पिस कोरोना परिक्षण गर्ने पीसीआर किट पठाएको पनि अथकले जानकारी दिए ।

नेपालगञ्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि थप परिक्षण किट, स्वास्थ्य सामग्री, प्राविधिक र उपकरणहरुको व्यवस्था गर्नु पर्ने माग गर्दै बाँकेका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपछि स्वास्थ्य मन्त्रीको निर्देशनमा २५० किट नेपालगञ्ज पठाईएको हो ।

आइतवार एकै दिन १५ जना संक्रमित भेटिएपछि कोरोना सर्वसाधारणमा फैलिएको आशंका बढेकोले बाँकेका ५ जना सांसदहरुले सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर विभिन्न मागहरु गरिए लगत्तै स्वास्थ्यमन्त्रीले २५० थान किट पठाउन लगाएको र अन्य सामाग्री पठाउने तयारी भैरहेको क्षेत्र नम्बर ३ का सांसद नन्द लाल रोकायले जानकारी दिए ।

भेटमा मन्त्रीसंग बाँकेमा थप किट पठाउँनुका साथै सबै नगरवासीको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउनु पर्ने, थप स्वास्थ्य उपकरण लगायत प्राविधिक टोली पठाउनु पर्ने र तेस्रो चरणका लागि अस्पतालहरु निर्माण गर्नु पर्ने माग गरिएको बताए ।

स्वास्थ्य मन्त्री ढकालसंग भेट गरेर नेपालगञ्जलाई उच्च प्राथमिकतामा राखेर युद्धस्तरमा काम गर्नु पर्ने माग गर्ने टोलीमा बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक, क्षेत्र नं २ का स्तीयाक राई , बाँके क्षेत्र नम्बर ३ का सांसद ननदलाल रोकाया, बाँकेबाट समानुपातिक सांसदहरु पुर्णा कुमारी सुवेदी र सरवतआरा खानम हुनुहुन्थ्यो ।

बाँके क्षेत्र नम्बर १ का सांसद अथकले तत्काल नेपालगञ्जमा परिक्षणको दायरालाई बढाउनु पर्ने माग गर्दै थप अस्पताल लगायत अन्य तयारीलाई पनि तिव्र पार्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सांसद पुर्णा कुमारी सुवेदीले पनि अहिलेको अवस्था हेर्दा बाँकेमा भयावह स्थिति हुनसक्ने आशंका व्यक्त गर्दै सरकारले तत्काल सबै तयारी गरिहाल्नु पर्नेमा जोड दिनुभयो ।

सांसदहरुको जिज्ञासाको जवाफ दिंदै स्वास्थ्यमन्त्री ढकालले सरकारले नेपालगञ्जको अवस्थालाई निकै गम्भीरतापूर्वक लिएको जनाउँदै कोरोना फैलिन नदिन सबै कार्यहरु गरिने बताउनु भएको साँसद अथकले बताउनु भयो ।

शुक्रवार नेपालगञ्जमा एक जना ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएपछि उनको सम्पर्कमा आएकाहरुमध्ये ५५ जनाको परिक्षण गर्दा थप १५ जना संक्रमित भेटिएका थिए ।

Nabintech