४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना सक्रमितको संख्या बढेसंगै समाजिक बिकास मन्त्री बराल नेपालगञ्जमा

स्वाब परिक्षणको दायरा बढाउन मन्त्रीको निर्देशन



कोहलपुर/ प्रदेश ५ का समाजिक बिकास मन्त्री सुर्दशन बरालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिएका छन् ।
नेपालगञ्जमा शनिवार एक दिन १५ कोरोना भाइरस संक्रमणका पोजेटिभ देखिए पछि नेपालगंज आई पुगेका मन्त्री सुदर्शन यस्तो निर्देशन दिएका छन ।

नेपालगन्जमा पहिलो पटक ६० बर्षिय एक पुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि बाँके प्रशासनले तदारुक्ता देखाउदै शनिबार विहानैदेखि संक्रमित ब्यक्तिको परिवार र उनको सम्पर्कमा आएका ब्यक्तिहरुको परिक्षणका लागि स्वाब संकलन गरेको थियो । सो क्रममा थप १५ सक्रमित भेटिएका हुन । संक्रमितसंगको सम्पर्कमा आउनेको संख्या धेरै रहेकाले सक्रमणको मात्रा अझै बढन सक्ने आँकलन स्वाथ्य कर्मीहरुले गरेका छन ।

सामाजिक विकास मन्त्री बरालले सरोकारवालासंगको भेटमा कोरोना भाइरस संक्रमितको अवस्था , आइसोलेसन तथा भावि रणनीतिका बारेमा छलफल गरेका
हुन ।

मन्त्री बरालले स्वाब परीक्षण लगायत कोरोना भाइरस संक्रमण रोकथाममा सक्रिय स्वास्थ्यकर्मी लगायतको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्वास्थ्य सामग्री लगायतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालसगैं बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का,सासंद कृष्णा केसी नमुना, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, बाँके स्वास्थ्य कार्यालयका फोकल पर्शन नरेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

मन्त्री बरालले आजै खजुरामा रहेको कोरोना विषेश अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको अनुगमण गर्ने बताईएको छ ।

Nabintech