६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लुकिछिपी भारतबाट नेपाली आउने क्रम रोकिएन


कोहलपुर/ भारतको दील्ली र मुम्बइबाट भागेर आएका ३२ जना नेपालीहरु बकेको सुईया नाका हुँदै नेपालको नरैनापुर पुगेकाछन् । नरैनापुर गाउपालिका अध्यक्ष ईस्तियाक अहमद साहाले नेपाल प्रबेश गरेका उनीहरुलाई सिमाक्षेत्र दशगजामा राखिएको बताउनु भयो ।

अध्यक्ष साहाले भारतको क्वारिनटाईनमा याताना पाएपछि उनीहरु भागेर १९ गते नेपाल आएको नया“ कोर्सलाई बताउनुभयो । साहका अनुसार यस बिषयमा जिल्ला प्रशासन कार्यालयलाई पटक पटक जानकारी गराउदा पनि वेवास्ता गरेको जनाउनुभयो ।

पछिल्नो समयमा बाँकेमा लकडाउन कडाइ गरिएपछि उनीहरुलाई घरजान नदिई लक्ष्मणपुरको आर्दश मा.बि.मा राखिएको थियो । ठाउँको अभाव भएपछि ९ जनालाई आर्दश मा.बि.लक्ष्मणपुरमा राखिएको छ, भने बाकी २२ जना दशगजा क्षेत्रमा राखिएको छ । २२ जना मध्ये एक जना आईतवार आएका हुन् । उनीहरु नरैनापुर गाउपालिकाको बिभिन्न वडाका बासिन्दा रहेको बुझिएको छ ।

भारतको दील्ली र मुम्बईबाट भागेर आएकाहरु दशगजामा बसीरहेकाछन । उनीहरु त्यहा बसेकाले गाउँले त्रसित भएको नेकपा नरैनापुर गाउकमिटीका सचिव मेराज खानले नया कोर्सलाई जानकारी दिनुभयो । सचिव खानका अनुसार उनीहरुलाई कुनै क्वारिनटाईनमा नराखी सुईयाको दशगजा क्षेत्रमा खुल्ला रुपमा राखिएको छ ।

दशगजा क्षेत्रमा खुल्ला आकासमुनी रहेकाहरुलाई गाउपालिकाले गाडीमा बोकेर खानाखुवाइृ रहेको छ । क्वारिनटाईनको ब्यवस्था नभएकाकारण उनीहरु खुल्ला आकासमुनी बसीरहेको र उनीह्रुलाई कहा कसरी राख्ने भन्ने बिषयमा कुनै टुंगो नलागेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका अ.हे.व.प्रेम पंगालीले जानकारी दिनुभयो । उहाका अनुसार उनीहरुलाई सामान्यतया ज्वरो नाप्ने काम भएको छ र ज्वरो कसैलाई पनि नआएको बताउनु भयो ।

प्रशासनले पनि वास्ता नगरेको र गाउ“पालिकासंग प्रयाप्त स्रोतसाधन नभएका कारण उनीहरुको बिचल्ली हुनुका साथै सिंगो गाउपालिका नै जोखिममा रहेकोले ब्यवस्थीत ठाउ“मा लगि उनीहरुको स्वाव जा“च गरिनुपर्ने स्थानियहरुको माग छ ।

 फाईल  तस्विर

Nabintech