६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लकडाउनको पूर्ण पालना नै सिलबन्दी हो – नेकपा अध्यक्ष खरेल


कोहलपुर/ सिलबन्दीका नाममा आफुखसी र ठाउँठाउँमा अवरोध नगर्न नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले फेसबुकवाल मार्फत अनुरोध गर्नु भएको छ ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन(बन्दाबन्दी) नै सिलबन्दी हो भन्दै उहाँले ठाउँठाउँमा जस्ले पायो त्यसैले सिलबन्दीका नाममा अति आवश्यकका साधन आवागमन समेतलाई अवरोध गर्ने गरी सिलबन्दी नगर्न अनुरोध समेत गर्नु भएको हो ।

बाँकेका केही स्थानमा सडक खनेर अवरोध गर्ने, युवालाई लट्ठी सहित बाटा चोकमा उभिने गरेकोले सरकारको लकडाउनै सिलबन्दी भएकाले सबै आआफ्नो घरमा बस्न अनुरोध गर्नु भएको छ ।
प्रदेश सभा सदस्य समेत रहनु भएका अध्यक्ष खरेलले लकडाउनको पूर्ण पालना नै सिलबन्दी हो । यसका लागि सरकारले बनाएको मापदण्डका आधारमा आवागमन हुने बताउनु भयो । जोखिमको अवस्थाका आधारमा सरकारले नीति विधिमा रहेर बन्दाबन्दी कडाइ र खुकुलो बनाउने भएकोले सबै जिल्लावासीलाई अनुरोध गर्नु भएको छ ।
लकडाउन भनेको नै सिलबन्दी हो। विषयलाई गम्भीरता पुर्बक लिने गरौ। ठाउठाउँमा र जस्ले पायो त्यस्ले सिलबन्दिको नाममा जथाभावी बन्द नगरौं भन्नु भएको छ ।

Nabintech