५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका चार सिमा नाका पूर्ण रुपमा बन्द

ग्याँस,खाने पानी बोकेका सवारी साधन र एम्वुलेन्स बाहेकका सवारी साधनहरु सञ्चालनमा पुर्ण रुपमा प्रतिबन्ध



कोहलपुर/ नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला भर त्रास फैलिएको छ । आईतबार एकै दिन १५ जना कोरोना भाईरस संक्रमित भेटिएपछि कोहलपुर क्षेत्रमा उच्च सर्तकता अपनाउन् कोहलपुर नगरपालिकासँग जोडिएका चार ओटै नाका बन्द गरिने भएको छ । चार ओटै नाकाबाट हुने आगमनलाई पूर्ण रुपमा बन्द गरिने भएको हो ।

आईतवार साँझ कोहलपुर नगरपालिकाले आयोजना गरेको आकस्मिक सर्व पक्षिय सर्व दलिय बैठकले बाँकेको नेपालगञ्जमा कोरोना संक्रमित देखिने क्रम बढे पछि कोहलपुर क्षेत्रमा सर्तकता अपनाउन् दक्षिण तिरको नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । पुर्व,पश्चिम र उत्तर तर्फको सिमा नाकामा कडाई गर्दै आगमनलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा बसेको सर्व पक्षिय सर्व दलिय बैठकले सरकारले घोषणा गरेको बन्दाबन्दीलाई थप प्रभावकारी बनाई सर्तकता अपनाउन ग्याँस,खाने पानीको गाडी र एम्वुलेन्स बाहेकका सवारी साधनहरु सञ्चालनमा पुर्ण रुपमा प्रतिबन्ध लगाँउने निर्णय गरेको छ ।
बैठकले अर्काे निर्णय नहुदा सम्म एक घरको व्यक्ति अर्काे घरमा र एक टोलको व्यक्ति अर्काे टोल तथा एक वडाबाट अर्काे वडामा आवत जावत समेत गर्न नदिने निर्णय गरेको छ । कसैले अटेर गरेमा कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनले कडा कारवाहि गर्ने भएको छ ।

बैठकले कोहलपुर नगरपालिका भित्रबाट छिमेकी पालिकाहरुमा रहेका सरकारी तथा गैर सरकारी संघ संस्थामा दैनिक रुपमा जागीरि खान जाने र छिमेकी पालिकाहरुबाट कोहलपुर क्षेत्रमा रहेका सरकारी तथा गैर सरकारी संघ संस्थामा दैनिक रुपमा जागीरि खान आउने व्यक्तिहरुको आवत जावतलाई पनि पूर्ण रुपमा प्रतिबन्ध लागाउने निर्णय गरेको छ ।

सर्व पक्षिय सर्व दलिय बैठकले विकास निर्माणका लागि दिईएका सवारी पासहरु आज आईतवारकै मितिबाट लागुहुने गरी खारेजी समेत गरेको छ ।
बैठकमा सहभागिहरुले स्थानीय सरकारले गरेका निर्णय कार्यान्वयनमा स्थानीय प्रहरीको भुमिका सन्तोष जनक नरेको भन्दै आक्रोस पाखेका थिए । बन्दाबन्दी प्रति कोहलपुर प्रहरीको भुमिका सन्तोष जनक नदेखिएकाले बन्दाबन्दी उलंघनका घटनाहरु दिनानु बढे सँगै कोरोनाको संक्रमनको जोखिम बढ्न सक्नेमा बैठकमा सहभागिहरुले जोड दिएका
थिए ।

बैठकमा जनप्रतिनीधि,राजनीतिक दलका प्रतिनीधि,स्थानीय प्रहरी प्रशासनका प्रतिनीधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Nabintech