६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रतिक्षालाई थप उपचारका लागि सेनाको छाउनी हस्पीटल लगियो


कोहलपुर/ नेपाली सेनाको गाडिको ठक्कर बाट शनिवार गम्भिर घाईते भएकी प्रतिक्षा भुसाललाई थप उपचारका लागि काडमाण्डौ लगिएको छ । नेपाली सेनाको जाहाजद्धारा भुषाललाई काठमाण्डौ लगिएको भुषालका कान्छा बुवा खिल प्रसाद भुषालले जानकारी दिए । हाल खतरा मुक्त रहेकी उनको थप उपचार काठमाण्डौ नेपाली सेनाको छाउनी हस्पिटलमा हुने भुषालले जानकारी दिए ।

भुषाल लाई लिन नेपाली सेनाका डा. बसन्त रिजालको नेतृत्वमा ३ सदस्य चिकीत्सक टोलि राझा बिमान स्थल आई पुगेको थियो ।

शनिवार कोहलपुर को ए.न टि.भी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्वरको गाडिको ठक्कर बाट भे ४ प ७६२० नम्वर को मोटर साईकलमा सवार प्रतिक्षा गम्भिर घाईते बनेकी थिईन । प्रतिक्षाको ३ महिनाको बच्च रहेको छ । तिन महिनाको बच्च लिएर उनकी अमाजुदीदी अम्बीका चापागाई , श्रीमान नारायण पोख्रेल र भान्जा प्रशान्त शर्मा उनको उपचारका लागि काठमाण्डौ गएको पारिवारीक श्रोतले बताएको छ ।

सोही घटनामा प्रतिक्षाका भाई कोहलपुर २ का किरण भुषालको को घटना स्थल मै मृत्यु भएको थियो ।

तिब्र गतिमा नेपालगंज तर्फ बाट आएको सेनाको गाडिले ठक्कर दिए पछि सेनाको गाडि सडक छेउमा रहेको डिभाईडरमा समेत ठोकिएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन । ठक्कर दिने नेपाली सेनाको गाडिलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृतक किरण भुसालको आजै अन्तेष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।

Nabintech