१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा खजुराको राहात कोषमा नेता खत्रीको सहयोग


नेकपा बाँकेका संगठन बिभाग प्रमुख रत्न खत्रीले पार्टीको खजुरा गाउपालिका कमिटीलाई २० बोरा चामल सहयोग गर्नुभएको छ । कोरोना संक्रमणपछि जारी लकडाउनका कारण समस्यामा परेका बिपन्न समुदायको सहयोगका लागि कमिटीले स्थापना गरेको कोषमा खत्रीले आफ्नो तर्फबाट २० बोरा चामल सहयोग गर्नुभएको हो ।

खत्रीले गाउँ कमिटीका अध्यक्ष राजकुमार बिकलाइ सहयोग हस्तान्तरण गर्नुभयो । पार्टी जिल्लाको निर्णय अनुसार खजुराको फोकल पर्सनको रूपमा खजुरामा क्रियाशिल खत्रीले गाउटोलमा समेत अभियानमा सक्रिय रहनुभएको छ । खजुरामा नेकपाले जनताका लागि जनताद्वारा सहयोग अभियान सुरु गरेको छ । खजुराका ५२ टोलमा ५र५ जना स्वयंसेवक परिचालन गरि टोलमा राहत संकलन,बिपन्न पहिचान र सहयोग वितरण गरिने जिल्ला कमिटी सदस्य सतिश निरौलाले जानकारी दिनुभयो ।

Nabintech