४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दिदी लिन गएका किरण आफु नै रहेनन्

प्रतिक्षालाई सेनाको हेलिकप्टर बाट काठमाण्डौ लैजाने तयारी



कोहलपुर/कोहलपुर २ का किरण भुषाल शनिवर ३.३० बजेको समयमा दिदी प्रतिक्षा भुषाललाई लिन कोहलपुर एन टि भि रोडको पुर्व तर्फ रहेको साग्रिला बिकास बैकमा पुगेका थिए । साग्रिला बिकास बैकको काम सकेर किरण र प्रतिक्षा घर तर्फ फर्कदै थिए । शनिवारको दिन, लक डाउनको समय भएपनि काम परेको भन्दै बैंक बाट फोन आएपछि बिहान कार्यालय समयमा प्रतिक्षा बैक पुगेकी थिईन । बिहानको समयमा पनि भाई किरण ले नै गरिमालाई बैक सम्म मोटरसाईक मार्फत छाडि दिएका थिए ।

मोटर साईकल स्टाट गरेर बाटो क्रस गर्दै गर्दा किरण र प्रतिक्षालाई नेपालगञ्ज तर्फ बाट तिब्र गतिमा आई रहेको नेपाली सेनाको गाडीले ठक्कर दिदा किरणको घटना स्थलमै ज्यान गयो । प्रतिक्षा गम्भीर घाईते भएकी छन । लक डाउनको समय भएको भएपनि नेपाली सेनाको गाडिले बाटो क्रस गर्ने स्थानमा गाडिको गति कम नगर्दा दुघटना हुन पुगेको एक प्रत्यक्ष दर्शीले बताए ।

कोहलपुर को ए.न टि.भी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नं को गाडिको ठक्कर बाट भे ४ प ७६२० न को मोटर साईकलमा सवार २ जना लाई ठक्कर दिएको थियो । ठक्करका कारण किरणको घटना स्थलमा नै ज्यान गएको थियो भने प्रतिक्षा गम्भिर घाईते छन । प्रतिक्षाको मेरुदण्ड र दुबै खुटामा गहिरो चोट लागेको चिकित्सकहरुले बताएका
छन । उनिहरु दुवै नाताले दाजु बहिनि रहेको प्रहरीले बताएको छ ।

कोहलपुर २ का किरण भुषाल बद्र्रश कोहलपुर ११ का सञ्चालन एंव कोहलपुरका राजनितीज्ञ एंव समाज सेवी पोष्ट राज भुषाल र खिल प्रसाद भुषालका जेठा दाजुका छोरा हुन । किरणका १ दाजु र अर्की एक दिदि समेत छन । किरण कोहलपुर जेसिसका विजनेश को–अर्डिनेटर समेत रहेका थिए ।

सेनाको हेलिकप्टर बाट काठमाण्डौ लैजाने तयारी

सेनाको गाडीको ठक्करबाट गम्भिर घाईते प्रतिक्षा भुषाललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिने भएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत आईतवार बिहान ८ बजे काठमाण्डौ ग्राण्डी हस्पीटल लगिन लागेको पारिवारीक श्रोतले जनाएको छ ।
मृतक किरणको पनि आईतवार पोष्टमार्टम गरि अन्तिम सस्कार गरिने पारिवारीक श्रोतले जानाएको थियो ।

Nabintech