६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सेनाको गाडीको ठक्करबाट कोहलपुमा एकको मृत्यु , एक घाईते


कोहलपुर/नेपाली सेनाको गाडिले ठक्कर दिँदा कोहलपुरमा १ जनाको मृत्यु भएको छ । १ जना गम्भिर घाईते भएका छन् ।

कोहलपुर को ए.न टि.भी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नंको गाडिको ठक्कर बाट भे ४ प ७६२० न को मोटर साईकलमा सवार कोहलपुर २ का किरण भुषालको को घटना स्थल मै मृत्यु भएको हो । मोटर साईकलमा सवार बार बर्दिया ४ कि प्रतिक्षा भुषाल गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

नेपालगंजबाट कोहलपुर तर्फ आई रहेको सेनाको गाडिले एन टि भि चोकमा मोटर साईकल लाई ठक्कर दिएको थियो । ठक्कर पछि सेनाको गडि सडक छेउमा रहेको डिभाईडमा ठोकिएको स्थानिय प्रत्यक्षदर्शीले जनाएका छन ।

ठक्कर दिने नेपाली सेनाको गाडि लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Nabintech