५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वडा अध्यक्षको निर्देशनमा एम्वुलेन्स समेत जान नसक्ने गरी बाटो अबरुद्ध


कोहलपुर/ राप्तीसोनारी गाउँपालिका वडा नंम्वर ८ को पेरानी स्थित शिव शक्ति माध्यामिक विद्यालय अगाडीको सार्वजनीक बाटो वडा अध्यक्षको निर्देशनमा जेसिवी लगाएर आवत जावतमा अवरुद्ध हुने गरी खाल्डो बनाए पछि गाउँमा विवाद बढेको छ । वडा अध्यक्ष खुम वहादुर बस्नेतको निर्देशनमा स्थानीयहरु आवत जावत गर्ने सार्वजनीक बाटो अवरुद्ध गरिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।

                                       

वडा अध्यक्ष बस्नेतले कोरोना नियन्त्रण गर्न भन्दै बाटो अवरुद्ध पारेपछि गाउँमा एम्वुलेन्स,दमकल र दैनिक अत्यावसकिय सामाग्री वोकेका सवारी साधन गाउँ प्रवेशमा अवरुद्ध श्रृजना भएको छ । जनप्रतिनीधीले नै विश्व व्यापी सर्वमान्य सिधान्तको ख्याल नगरी मानविय सम्वेदना विरुद्धको कार्य गरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।

स्थानीय वासि तथा नेकपा राप्तीसोनारी गाउँपालिकाका सचिव मनोज के.सीले गाउँमा कुनै पनि स्थानिय विरामी परेमा एम्वुलेन्स आवत जावतमा समस्या हुने र एम्वुलेन्स नपाएकै कारण विरामीको अकालमै ज्यान जाने जोखिम बढेको बताए । उनले भने स्थानीय जनप्रतिनिधीहरुले गरेको यस्तो कामले गाउँमा जोखिम बढेको छ,गाउँमा आगलागी भयो भने दमकल जान सक्दैन । दैनिक उपभोग्य वस्तु वोकेका सवारी साधन गाउँ प्रवेशमा रोकिएका छन् । उनले प्रति प्रश्न गर्दै भने स्थानीय वासिहरुलाई वडा अध्यक्ष बस्नेतले के को सजाय दिन खोजेका हुन ?
वडा अध्यक्ष बस्नेतले बाटो खन्न आफुले निर्देशन नदिएको बताउँदै कोरोनाको संक्रमण बढे पछि स्थानीयहरुको अगुवाईमा बाटोमा खाल्डो खनिएको दावि गरे ।

Nabintech