४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घटनामा मेरो सम्लग्नता छैन – बस्नेत


कोहलपुर/ खाने पानी तथा सरसाई डिभीजन प्रमुख भोला बहादुर थापा माथि भएको दुरव्यवहारमा आफ्नो सम्लग्नता नरहेको सम्राट निर्माण सेवाका सञ्चालक सन्तोस बस्नेतले बताएका छन् ।

शुक्रवार एक बिज्ञप्ती जारी गर्दै बस्नेतले बोलपत्र खोल्ने क्रममा भएको भनिएको दुरव्यवहारमा आफ्नो सम्लग्नता नरहेको दाबि गरेका हुन् ।

अन्य ब्याक्तीहरुसंगको भन सुन र झगड़ालाई लिएर मेरो नाम जोडी खानेपानीका डिभीजन प्रमुखबाट मुद्दा दर्ता गरीएको प्रती आफ्नो गम्भीर ध्याकर्षण भयको दाबि गरेका छन । आफ्नो सम्लग्नता नै नरहेको बिषयलाई तोड़ मोड गरी मुद्धा दायर गरि आफ्नो चरित्र हत्या गर्न खोजिएको बस्नेतनको दाबि छ ।

यहि १७ गते टेण्डरको बोलपत्र खोल्नु पर्नेमा टेण्डरको समयअवधी थप गरिएपछि कार्यालय प्रमुख माथि दुव्यवाहार भएको थियो ।

Nabintech