९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेका पत्रकारहरुलाई सुरक्षा समाग्री बितरण गरिदै


कोहलपुर/ कोराना महामारीका समयमा फिल्डमा खटिने पत्रकारहरुका लागि सुरक्षा समाग्री बितरण गरिने भएको छ ।

पत्रकारहरुका लागि एन ९५ माक्स , सेनेटाईजर , ग्लोव्स लगातका सुरक्षा सामाग्री बितरण गर्न लागिएको नेपाल पत्रकार महासघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए ।
अध्यक्ष थारुका अनुसार केहि सहयोगि दाता र बाँकी नेपाल पत्रकार महाँसघ बाँके आफैले खरिद गरेर पत्रकारहरु लाई सुरक्षा समाग्री बितरण गर्न लागेको हो ।

क्रियासिल पत्रकारहरुका लागि अवश्यक पर्ने केही समाग्रीहरु शुक्रवार नै राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले नेपाल पत्रकार महाँसघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्ले मार्फत नेपाल पत्रकार माहाँसघलाई हस्तान्तरण गरे । बस्यालले ३५ थान एन ९५ माक्स हस्तान्तरण गरेका हुन ।

सुरक्षा सामाग्री लिदै महाँसघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले कोरोना रिपोर्टीङका लागि फिल्डमा खटिएका पत्रकारहरुका लागि सुरक्षा सामाग्री बितरण गरिने बताएका छन । नेपालगंज क्षेत्रमा क्रियासीलहरुका लागी महाँसघको कार्यालय नेपालगंज र कोहलपुर क्षेत्रकाहरुलाई कोहलपुरमै सुरक्षा समाग्री बितरण गरिने उपाध्यक्ष वाग्लेले जानकारी दिए ।
बस्याल नेपाल पत्रकार महाँसघका साधारण सदस्य समेत हुन ।

Nabintech