८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पर्वत समाजद्धारा कोहलपुर नगरपालिकालाई सहयोग


कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकालाई एक लाख बराबारको खाद्यन्न सहयोग गरिएको छ । पर्वत समाज बाँकेद्धारा कोहलपुर नगरपालिकालाई एक लाख बराबारको खाद्यान्न सहयोग गरिएको छ । कोहलपुर नगरपालिकालाई पर्वत समाजले ६५ बोरा चालम, दाल एक सय ६० किलो, ६५ लिटर तेल, एक सय ३० किलो नुन र एक सय ३० पिस साबुन सहयोग गरिएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले लकडाउनका कारण दैनिक रुपमा ज्यालादारी गरी जीविकोर्पाजन गर्ने आम नागरिक समस्यामा परेको अवस्थामा राहत वितरण गरिने जानकारी दिएका छन् । साथै उनले स्थानिय सरकारलाई सबैले आवश्यक सहयोग गरी विपद्को समाना गर्न सकिने बताएका छन् ।

पर्वत समाज बाँकेका अध्यक्ष पोष्टराज भुषालले सामाजिक उत्तारदायित्व अन्तर्गत समाजले कोहलपुर नगरपालिकालाई खाद्यान्न सहयोग गरिएको जानकारी दिँदै कोरोना भाईरसबाट बच्न सहकारले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरेका छन् । कोरोना भाईरसको संक्रमण पछिको अवस्थालाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ भने सो कोषमा आर्थिक सहयोग जुटिरहेको छ ।

Nabintech