८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा बन्दाबन्दीलाई थप कडाई गरिने


कोहलपुर/ बाँकेमा बन्दाबन्दीलाई थप कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नेपालगञ्जले बन्दाबन्दीलाई थप कडाई गर्न विहीवार एक सूचना जारी गरेको हो ।

बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले भोली शुक्रबारदेखी लकडाउनमा थप कडाई गर्ने भएको हो । जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न सुचना जारी गरेको छ।

बिहिबार एक सुचना जारी गर्दै बाँके प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न आह्वान गरेको छ । प्रशासनले जारी गरेको सूचना तथा लकडाउन उलङ्घन गर्नेलाई कानुन बमोजिक कारवाही गरीने बताईएको छ ।

Nabintech