८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँके बर्दियामा नूनको बिक्री ह्वात्तै बढ्यो


कोहलपुर/कोरोना भाइस सङ्क्रमण रोकथामको लागि बन्दाबन्दी शुरु भएपछि बाँके बर्दियामा नूनको बिक्री ह्वात्तै बढेको छ ।

बन्दाबन्दीको एक महीनामा साल्ट ट्रेडिङ कार्यालय नेपालगञ्ज अन्तर्गत बाँके बर्दियामा मात्रै ५४ हजार २ सय केजी नून बिक्री वितरण भएको कार्यालय प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो ।

‘बन्दाबन्दीमा राहत वितरण शुरु भएसँगै नूनको बिक्री वितरण ह्वात्तै बढेको हो, कहिँ कतै पनि नूनको अभाव हुन नदिन बन्दाबन्दीमा पनि हामीले नियमित काम गरिरहेका छौँ’, कार्यालय प्रमुख चौधरीले भन्नुभयो, ‘राहत वितरणमा बाहेक पनि आमजनताले स्टकमा राख्ने गरेकोले यो बेला नूनको बिक्री वितरण धेरै भएको पाईएको छ ।’

उहाँका अनुसार, अन्य अवस्थामा यो मात्राको नून खपत हुन करिव छ महीना लाग्न सक्दछ । साल्ट ट्रेडिङ नेपालगञ्ज कार्यालयले प्रदेश ५ का छ जिल्ला र कर्णाली प्रदेशका १० जिल्ला ९साबिकको मध्यपश्चिम क्षेत्र० का १६ जिल्लामा नून आपूर्ति गर्दै आएको छ । बाँके र बर्दिया जिल्लामा नेपालगञ्जस्थित कार्यालयबाट नूनको बिक्री वितरण हुने गरेको छ ।

साल्ट ट्रेडिङ नेपालगञ्जले बन्दाबन्दीमा अधिकांश नून डिलरमार्फत बिक्री गरेको छ भने कतिपय स्थानीय तहलाई माग गरेअनुसार कार्यालयबाटै पनि नून बिक्री वितरण गरेको छ । पर्याप्त मात्रामा नून गाउँ–गाउँसम्म बिक्री वितरण भएकोले कहिँकतै पनि अभाव नरहेको कार्यालय प्रमुख चौधरीको भनाई छ ।

साल्ट ट्रेडिङ नेपालगञ्ज नून आयात तथा मुख्य भण्डारण केन्द्र पनि हो । बाँके र बर्दिया जिल्लामा नेपालगञ्ज कार्यालयमार्फत डिलरहरुले नून खरिद गरी बिक्री वितरण गरेका छन् भने अन्य जिल्लामा दाङ र सुर्खेतस्थित कार्यालय मार्फत डिलर हुँदै नूनको बिक्री वितरण हुने गरेको छ ।

कोरोना भाइस सङ्क्रमण रोकथामको लागि बन्दाबन्दी शुरु भएपछि अधिकांश कार्यालयको काम ठप्प भएपनि साल्ट टे«डिङको कार्यालयको नियमित काम सुचारु रहेको छ । बन्दाबन्दी र कोरोना त्रासका कारण करिव दुई हप्ता नून प्याकिङमा काम गर्ने श्रमिकहरु नआएका कारण कठिनाइ भएपनि अहिले अत्यावश्यकीय सबै काम सुचारु रहेको छ ।

साल्ट ट्रेडिङ नेपालगञ्ज कार्यालय अन्तर्गतका जिल्लालाई एघार महीना पुग्ने नूनको भण्डारण रहेकोले जस्तो सुकै परिस्थितिमा पनि नूनको अभाव हुन नदिईने कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।

‘हामीसँग एघार महीना पुग्ने नून स्टक छ, बिक्री बितरणको लागि अभाव हुन नदिन अहिले लकडाउनको अवस्थामा पनि प्याकिङको काम भईरहेको छ’, कार्यालय प्रमुख चौधरीले भन्नुभयो,‘लकडाउनको अवस्थामा पनि हामी जनतालाई सहज तरिकाले नून वितरण कार्यमा लागिपरेका छौँ ।’

नून पर्याप्त मात्रामा रहेकोले उपभोक्ताले अनावश्यक रुपमा घरमा भण्डारण गर्न आवश्यक नरहेको उल्लेख गर्दै कहिँकतै बिक्री वितरणमा कठिनाई वा मूल्य दरमा फरक पर्न गएको पाईएमा तत्कालै कार्यालयले कार्वाही प्रक्रिया शुरु गर्ने कार्यालय प्रमुख चौधरीको भनाई छ ।

Nabintech