५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वडा कार्यालयलाई ४० हजार वरावरको खाद्यन्न सहयोग


 

कोहलपुर/ न्यू ध्रुव सप्लायर्स र ध्रुव डिलिङ एण्ड कन्ट्रक्सन प्रा.ली.ले कोहलपुर नगरपालिकाको ११ नं वडा कार्यालयलाई करिव ४० हजार वरावरको खाद्यन्न सामाग्री सहयोग गरेको छ ।

बन्दाबन्दीले ज्याला मजदुरी गर्ने मजदुर र अति विपन्न परिवारका व्यक्तिहरुलाई समस्या परेको भन्दै राहात स्वरुप ४० हजार बरावरको खाद्यन्न सहयोग गरेको न्यू ध्रुव सप्लायर्स र ध्रुव डिलिङ एण्ड कन्ट्रक्सन प्रा.ली.का सञ्चालक ध्रुव सिजापती मगरले बताए ।

चामल,दाल,खाने तेल र नुन लगायतका खाद्य सामाग्री बुझ्दै वडा अध्यक्ष कर्ण बहादुर थापाले भने,यस्तो संकटको बेला स्थानीय सरकारलाईलाई सहयोग गरेकोमा धन्नेवाद दिन्छु । यो खाद्यन्न सामाग्री वडा भित्र रहेका ज्याला मजदुरी गर्ने मजदुर र अति विपन्न परिवारलाई वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

वडा कार्यालयले सो सामाग्री राहात वितरणमा छुटेका कोहलपुर ११ शान्तीनगर स्थित क्रिकेट मैदान छेउका ३३ घर परिवारका १ सय १७ जनालाई वितरण गरेको छ । राहात वितरणमा छुटेकाहरुलाई दोस्रो चरणमा समेटिने वडा अध्यक्ष थापाले बताए ।

राहात वितरणमा छुटेका कोहलपुर ११ शान्तीनगर स्थित क्रिकेट मैदान छेउका ३३ घर परिवारलाई संयोजन गरेर खाद्य सामग्री वितरणमा वडा कार्यालयलाई सहयोग गरेको नेकपाका स्थानिय नेता अविरल खड्काले बताए ।

Nabintech