८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राष्ट्रिय गौरवका आयोजना पुनः सञ्चालन गर्न निर्देशन


काठमाडौं/  प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाको निर्माणको कामलाई फेरी सुरु गर्नै वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

लकडाउनमा बन्द रहेका गौरवका आयोजनाको काम सुरु गर्न समितिको बुधबारको बैठकले निर्देशन दिएको छ ।

विकासका आयोजना अघि बढाउदा मजदूरको स्वास्थ्यलाई मध्यनजर गर्दै आवश्यकताअनुसार क्वारेन्टाइनको समेत व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

त्यस्ता आयोजना अघि बढाउन आवश्यक निर्माण सामग्रीको सहज उपलब्ध हुने व्यवस्थाको सुनिश्चित गर्न पनि समितिले ध्यानाकर्षण गराएको छ ।

कोरोनाको जोखिम नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित भइरहेको अवस्थामा संसदीय समितिको यस्तो निर्देशन आएको हो ।

लामो समयको लकडाउनले दैनिक काम गरेर परिवार धान्न श्रमिकको अवस्था अप्ठेरोमा परेकाले उनीहरुको नियमित रोजगार र रोजीरोटीका लागि विकासका ठूला आयोजना सञ्चालनको विकल्प नरहेको समितिले जनाएको छ ।

समितिले मुलुकको दिगो विकासका लागि पूर्वाधार र उत्पादनलाई जोडेर अघि आवश्यक रहेको समितिको निष्कर्ष रहेको सभापति कल्याणीकुमारी खड्काले बताइन् ।

उनले यस्ता कार्यक्रमले राज्यलाई आर्थिक सङ्कट हुनबाट जोगाउने बताइन् ।

लकडाउनका बारे पनि आधिकारिक सूचना प्रवाह हुन नसक्दा आमनागरिक अन्योलमा परेको अवस्था अन्त्य गर्न पनि समितिले सरकारलाई सल्लाह दिएको छ ।

Nabintech