८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना डायरी


स्कुलमा परिक्षा सकिएको थियो । SEE को लागि हामीहरु सबैको एक महिना बिदाहुने र बैशाख १ गते देखि नयाँ सालमा नयां कक्षा सुरु हुने नियमित सेडयुल भए पनि यस वर्ष नियमित सेडयुल का आधारमा पढाई कहिले हुन्छ भन्न सकिने अवस्था छैन । लक डाउन भएको आज ३७ दिन भन्दा बढी भइ सकेको छ । लक डाउनमा घर,कोठा,बरन्डा र छत मात्र अहिले हामीहरुको लागि मात्र होइन हाम्रा अभिभावकहरुको पनि दिन चर्या त्यही सानो संसारमा विति रहेको छ ।यसको रोकथामको लागिरेडियो पत्रपत्रिका, सामाजिक संजाल सबैबाट कोरोना कै प्रचार प्रसार गरेको छ ।
आज भन्दा चार महिना पहिले चिनको वुहान प्रान्तबाट मानव जिवनकै निम्ति खतराको रुपमा कोरोना भाइरस देखा परेको छ । नेपाल चिनको असल छिमेकी देश हो । चिन र नेपालको सिमाना जोडिएको छ । चिनले नेपालको अप्ठयारो परिस्थितिमा तन मन धन तिनै तर्फबाट सहयोग गर्दै आएको पनि छ । अहिले पनि कोरोनासँग लड्न वा जुध्न वा उपचार गर्न आवश्यक सबै सहयोग गर्ने वचन बद्धता व्यक्त गरेको छ । चिनसँग सिमाना जोडिएको नेपालमा कोरोना भाइरस नेपाल नछिरेर एक चोटी विकसित राष्ट्रहरुमा संक्रमण फैलिएको छ ।

कोरोना भाइरस आज विश्वका १९७ देशहरु भन्दा बढीमा यो रोग फैलिसकेको छ । विश्वमा दुई लाख भन्दा बढी मानिसहरुको मृत्य भई सकेको अवस्था छ । ३० लाख भन्दा बढी संक्रमित भएका छन । अहिले सम्म कोरोना भाइरसको औषधी र भ्याक्सीन बनेको छैन । यो कोरोना भाइरस कहां कसरी उत्पन्न भयो भन्ने विषयमा अहिले सम्म पत्ता लागेको छैन ।अमेरीका चिनलाई र चिन अमेरीकालाई भाइरस उत्पतिको बारेमा आरोप प्रत्यारोप गरि रहेका छन ।
कोरोना भाइरस बाट बच्ने उपाय भनेको सामाजिक दुरि नै हो । सामाजिक दुरि कायम गर्न विश्व भरि लक डाउन छ । यो रोग बाट बच्न भिडभाडमा नजाने,सावुन पानीले हात धुने, सामाजिक दुरि कायम गर्ने,हिडदा माक्स लगाएर हिड्ने भिटामिन युक्त खाना खाने आदि गर्नु पर्दछ । कोरोना भाइरसबाट संक्रमित भएकालाई १०२ भन्दा माथि ज्वरो आउने, टाउको दुख्ने,श्वास फेर्न गारो हुने, कमजोर भएको महसुस हुने आदि यसका लक्षण देखिन्छन ।

विशाल जनसख्या भएका चिन र भारतको विचमा नेपाल रहेको छ । सूरुसुरुमा विश्व स्वास्थ्य सगठनले नेपाल उच्च जोखिममा भएको भनेता पनि अहिले उच्च जोखिमा नरहेको बताएको छ । यो नेपालीहरुको लागि खुसिको कुरा हो । यो रोगबाट रोकथाम गर्न र उपचार गर्ने सवालमा नेपाल सरकार स्वाथ्य कर्मि र सुरक्षा कर्मिले खेलेकोभुमिका प्रशंसनीय छ।
नेपाल सरकारले चैत्र १ गतेबाट लकडाउन सुरु गरेको छ । अहिले पनि लक डाउन जारि छ । कहिलेसम्म लक डाउन नखुल्ने हो थाहा छैन । लक डाउनका कारण स्कुल यातायात लगायत सबै बन्द छ । लक डाउनका कारण स्कुलको परिक्षाफल प्रकाशित भएको छैन । रिजल्ट प्रकाशित नहुँदा वालवालिकाहरुलाई मानसिक असर तथा तनाव सृजना गरेको छ ।
एक महिना देखि सयौ विद्यार्थी साथीहरुसँग खेल्ने पढने र रमाउने समयमा कोठा,छत बरन्डामा हा्रमो दिन चार्य वितेको छ । यो लक डाउनमा हामीले आफनो घरमा विभिन्न रचनात्मक काम हरु गरिरहेका छौ ।हाम्रो घरमा कक्षा एक देखी ११ कक्षामा पढ्ने ६ जना भएको हुँदा हामीलाई स्कुल जस्तै स्तर वृद्धि गर्ने कार्यक्रम नियमित गर्दे आएका छौ । आज सम्म हामीले १० भन्दा बढी कार्यक्रमहरु गरेका छौ ।दुई पटक हाजिर जवाफ प्रतियोगिता, बक्तृत्व कला, चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता, talent show ,अन्तरर्वार्ता, कोरोना भाइरस बाट संक्रमित देशहरुको नाम संकलन गरि भन्ने प्रतियोगिता,अन्तरर्वाता कसरी लिने प्रशिक्षण र समाचार बाचन कसरी गर्ने तरिकाका बारे जानकारी लिने कार्यक्रम सम्पन्न गरि सकेका छौ ।

प्रत्येक दिन घर आँगन सफा गर्ने, घरमा आएका सबैलाई हात धुन भन्ने र सेनिटाइजर लगाउने जस्ता काम नियमित गर्दे आएका छौं । अहिले सरकारले होम क्वारेन्टाइनमा बस्न भिडभाडमा नजान,साबुन पानीले नियमित हात धुन,हात नमिलाउन र घरमै बस्न भनेका छ । विश्वमा दुई लाख भन्दा बढी मानिसको मृत्य हुँदा नेपालमा एक जनाको पनि मृत्य नहुनु हामी सबै नेपालीको लागि खुसिको कुरा हो ।आफ्नो स्वास्थ्यको ख्याल आपैm राखौं । कोरोनाको महामारी बाट सबैलाई
बचाऊ ।

रेडक सेकेन्डरी स्कुल काठमाडौ ,कक्षा ७
हाल कोहलपुर नगरपालिका वडा न १२ चप्परगौडि

Nabintech