६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा सर्वदलीय बैठक,विकासका काम सुचारु गर्न सहमती


नेपालगञ्ज/ बाँके जिल्लामा क्रियाशिल प्रमुख राजनीतिक दलको बैठक बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको कार्यालयमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सांसद समेत रहनुभएका नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइराला, समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राई, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल  र राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष जगदिश ढकालको उपस्थिती रहेको थियो ।

बैठकले राहत वितरण गर्दा सरकारले निर्देशित गरे अनुसार एकद्वारबाट वितरण गर्न आग्रह गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तहमा अबदेखि राहत वितरण गर्दा सर्वदलीय संयन्त्र गठन गरि विपन्न घरपरिवारको पहिचान गरि वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेको छ । कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिनका लागि बैठकले जिल्लाका लागि आवश्यक भिटिएम, पिसिआर किट लगायतका स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरेको छ ।

यसैगरी बैठकले लकडाउनको पूर्ण पालनाका लागि जिल्लाबासीमा अनुरोध गर्दै थप व्यवस्थित बनाउन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ । बैठकले लकडाउनको आधारभुत मापदण्ड पुरा गर्दै विकास परियोजनाको काम सञ्चालन गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध गरेको छ । यसैगरी बैठकले कोरोना भाईरस (कोभिड–१९ ) को सङ्क्रमण फैलिन नदिन जिल्लामा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय प्रशासन,जनप्रतिनिधी लगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

Nabintech