८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मनकारी कोहलपुरका मेयर रावत


कोहलपुर/ देश महामारीको अवस्थाबाट गुज्रिरहेको छ । बन्दाबन्दीका कारण स्थानीय सरकारका प्रमुखहरुको व्यस्तता बढेको छ । बिभिन्न जिल्ला जाने ट्रन्जिट पोईन्ट,बिभिन्न जिल्ला बाट हिडेर आउने पैदलयात्रीको व्यवस्थापन,राहात बितरण र क्वारेन्टाईनमा बसेकाहरुको व्यवस्थापन लगायतका काममा व्यस्तता बढेको छ । अन्य समय भन्दा अहिले क्रियासीतला बढाउनु परेको छ ।

व्यस्तताका बिच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत भने दिन बिराएर कोहलपुर नगरपालिका वडा नं ५ मा रहेको निल सागर असाहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा पुगि हाल्छन् । सेवा केन्द्रमा रहेका असाहय तथा असक्त नागरिकहरुको अवस्था बारे जानकारी लिन आफु फुर्सद मिलाएर नियमित जाने गरेको प्रमुख रावतको भनाई छ ।

केही दिन अघि सो केन्द्रका लागि चामल र दाल लगायतका खाद्य समाग्रिहरु पठाई दिएका प्रमुख रावत बुधवार पनि सेवा केन्द्रमा पुगेर उनिहरुको अवस्था बारे जानकारी लिएका थिए । व्यस्तता बिच केन्द्रमा पुगेका उनले आफुले सेवा केन्द्रलाई खाद्यन्न लागतको सामाग्रि अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

प्रमुख रावतले आफ्नो कार्यकाल भित्र भाडाको घरमा बसेका सेवा केन्द्रलाई आफ्नै भवन निर्माण गर्ने सोच रहेको समेत सुनाए । बिभिन्न खाले समस्याका कारण सेवा केन्द्रमा आएकाहरुलाई सहयोग गर्नु मानबिय धर्मका साथै राज्यको दायित्व पनि भएको उनको भनाई थियो ।

कोहलपुर ५ मा रहेको सो सेवा केन्द्रमा हाल १९ जना असाहाय र असक्तहरु रहेको सेवा केन्द्रमा बिभिन्न खाले सहयोग पुर्याउदै आएका राम चन्द्र पराजुलीले जानकारी दिए । मेयर रावत नियमित सेवा केन्द्रमा आउने गर्दा आफुहरुलाई थप हौसल्ला मिलेको पराजुलिले सुनाए ।

Nabintech