१८ मंसिर २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको आर्थिक विकासका लागि सांसद अथकले उद्योग मन्त्रीलाई दिए सुझाव


कोहलपुर/ उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने योजनाका विषयमा प्रदेश ५ का संघीय सभाका सांसदसग छलफल गरेका छन् ।

छलफलमा बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराज (अथक)ले जिल्ला सहित पश्चिम क्षेत्रको औद्योगिक विकाससंग सम्बन्धी महत्वपूर्ण योजना समेट्न मन्त्री भट्टलाई सुझाव दिए । सरकारले एक स्थानीय तह एक औद्यौगिक ग्रामको नीति लिएको भए पनि व्यवहारिकरुपमा कार्यान्वयन हुन भने सकिरहेको छैन् ।

औद्योगिक ग्रामका लागि केन्द्रले आर्थिक वर्षको अन्त्यमा बजेट पठाउने तर स्थानीय तहले त्यसमा बजेटको व्यवस्थापन गर्ने तालमेल नमिल्ने भएकाले त्यस्तो समस्या सल्टाएर अगाडी बढ्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ । स्थानीय तहलाई समेत यसमा संगै लैजाँदा एक स्थानीय तह एक औद्योगिक ग्रामको योजनाले सार्थकता पाउने अथकको बिश्वास छ ।

पश्चिम क्षेत्र कृषि, पशुपालनका लागि उर्बर ठाउँ हो । त्यसैलाई बढावा दिन सरकारले सिक्टा, रानीजमरा, महाकाली जस्ता महत्वकांक्षी सिंचाई आयोजना कार्यान्वयन गरिरहेको छ ।यि आयोजना सम्पन्न भए सिंचाईको उपलब्धता त हुन्छ तर कृषि क्षेत्रका लागि आवश्यक औजारको व्यवस्था नहुन सक्छ ।

त्यसका लागि पश्चिम क्षेत्र निजी क्षेत्रको सहकार्यमा समेत हुने गरी कृषि औजार कारखानादेखि रासायनिक वा प्रांगारिक मल उत्पादन गर्ने उद्योग खोल्न अथकले सरकारको ध्यानार्कषण गराएका छन् । त्यस्तै अथकले कृषि उत्पादनबाट निस्किने कच्चा पदार्थबाट कागत उत्पादन हुने गरी कागत उद्योग खोल्नुपर्ने सुझाव दिएका छन् ।

अथकले बाँकेको आर्थिक भविष्यसंग जोडिएको एकिकृत भन्सार जाँचचौकी, नौवस्था औद्योगिक क्षेत्र, प्रस्तावित बिशेष आर्थिक क्षेत्रको काम अबिलम्ब शुरु गर्न आग्रह गरेका छन् । ‘यि आयोजना बाँकेको भविष्यसंग मात्र होइन पुरै देशको आर्थिक भविष्यसंग सम्बन्धीत छन् । जतिसक्यो छिटो यि कामहरुले मुर्तरुप लिनुपर्छ ।’– छलफलमा सांसद अथकले भने ।

अथकले बिदेशबाट फर्किएका वा जान तयार भएका युवाहरुलाई लक्षित गरी स्वदेशमै काम दिन समेत आग्रह गरे । अथकले भने –‘स्वदेशमै युवाहरुलाई रोजगारी दिने गरी कार्ययोजना बनाउन तर्फ आगामी बजेट केन्द्रीत रहोस् ।’अथकले कोरोनाका कारण प्रभावित भएको औद्योगिक क्षेत्र उकास्न बैंक तथा वित्तिय संस्थाबाट सहुलियत दिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

Nabintech