४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा नेपालगञ्ज नगर कमिटीको विपद् व्यवस्थापन कोष


नेपालगञ्ज/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगञ्ज नगर कमिटीले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।

विपन्न परिवारलाई सहयोगका लागि कोष स्थापना गरिएको नेकपा नगर कमिटी सचिव दत्तप्रसाद आचार्यले जानकारी दिनुभयो । कोरना भाईरस (कोभिड – १९) सँग जुझ्न लकडाउनका कारण चुलो निभेका दैनिक ज्यालादारी मजदुर, बिपन्न परिवार, विद्यार्थी, भाडामा बस्ने बिपन्न जनताको भोको पेटलाई केही राहत दिन कोष खडा गरिएको नेकपाले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखाको चल्ती खाता नं. ४१३०००६७१२०१ मा कम्युनिष्ट पार्टी ( नेकपा ) नेपालगन्ज उप– महानगर पालिका विपद ब्यवस्थापन कोषमा रकम जम्मा गरि संकटको घडीमा सहयोगको भावना प्रकट गरि दिन नगर कमिटीका अध्यक्ष डिल्लीप्रसाद बरालले जानकारी दिनुभयो ।

स्वेच्छक रुपमा पार्टीका केन्द्रीय नेतृत्वहरु, प्रदेश कमिटीका नेतृत्वहरु जिल्ला कमिटीका नेतृत्वहरु,नगरका सम्पुर्ण नेताहरु ,वडा कमिटीका नेताहरु ,पार्टी समर्थक,स्थानीय जनप्रतिनिधिहरु,उद्योगी ब्यापारी, सामाजिक संघ संस्था, कर्मचारीहरु र सहयोगी हातलाई सहयोगका लागि आग्रह गरिएको नेकपा नगर कमिटीका सचिव आचार्यले बताउनुभयो । नेकपा नेपालगञ्ज नगर कमिटीको केही दिनअघि बसेको बैठकको निर्णय अनुसार राहत कोष स्थापना गरिएको हो । वडा कार्यालयसँग समन्वय र सहकार्य गरे विपन्न सहयोग गरिने नेकपाले जनाएको छ ।

Nabintech