१६ फाल्गुन २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बागेश्वरी समितीद्धारा १ लाख बढि कोहलपुर नगरपालिकालाई सहयोग


कोहलपुर/ बागेश्वरी यातायात व्यावसायी प्रा. लि. कोहलपुरले कोहलपुर नगपालिकाको बिपत व्यवस्थापन कोषमा १ लाख १ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।

प्रालिका अध्यक्ष मन प्रसाद आचार्य सहितका पदाधिकारीहरुले मंगलवार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई राहात रकमको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै अध्यक्ष आचार्यले महा बिपत्तीका समयमा स्थानिय सरकारसंग हातेमालो गर्न आफुहरुले प्रा. लि.का तर्फबाट राहात रकम सहयोग गरेको बताए । उनले यातायात मजदुरहरु वर्तमान अवस्थामा सबैभन्दा मर्कामा परेको भन्दै यातायात मजदुरहरुलाई पनि पालिकाको तर्फबाट राहात उपलब्ध गराउन माग गरे ।

चेक बुझ्दै नगर प्रमुख लुट बहादुर रावतले नगरपालिकालाई सहयोग गरेको मा धन्यवाद दिदै , कोहलपुर नगरपालीको तर्फबाट बनाईएको कार्यबिधीको आधारमा यातायात मजदुरहरुलाई पनि राहात बितरण गरिने बताउदै सम्वन्धीत वडामा सम्पर्क राख्न आग्रह गरे ।  कार्यक्रममा बागेश्वरी समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Nabintech