९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिपन्नलाई सहयोग गर्न नेकपा खजुराको ५२ टोलमा खाद्य स्टोर


कोहलपुर/ नेकपा खजुरा गाउँपालिका कमिटी बाँकेका तर्फबाट “जनता द्वारा जनतालाई सहयोग “ भन्ने नाराका साथ अगाडि बढाइएको राहत संकलन कार्यमा सहयोग जुटने क्रम जारी छ ।

नेकपा खजुराका अध्यक्ष राज कुमार बिकले सहयोग संकलन हुने क्रम बढेको जानकारी दिए । बिकले मंगलवार मात्रै खजुरा २, बलईपुर निवासी भौतिक पूर्वाधार बिकास मन्त्रालय प्रदेश नं. ५ बुटवलमा कार्यरत सिनियर डिभिजनल ईन्जिनियर नरेन्द्र खडका बाट .१० हजार र खजुरा ३ निवासी नेकपा नेता भक्त बहादुर केसी बाट ५ हजार प्राप्त भएको जानकारी दिए । अध्यक्ष बिकले हाल सम्म १ सय ११ बोरा चामल र बिभिन्न व्यक्तिहरुबाट झण्डै ५० हजार नगर संकलन भई सकेको नयाँ कोर्सलाई जानकारी दिए ।

उनले मंगलवार खजुरा क्षेत्रका व्यवसायीहरुबाट सहयोग संकलन गरिने आस्वासन आएको बताउँदै उक्त राहात समग्रि खजुरा गाउँ पालिकासंगको समन्वयमा पालिकाका ५२ ओटा टोलका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र बिपन्न समुदायलाई बितरण गरिने जानकारी समेत दिए ।

आफ्नो टोल आफै बचाउ भन्ने नारका साथ प्रत्येक टोलमा स्वयम् सेवक परिचालन गरेको अध्यक्ष बिकले जानकारी दिए ।  स्वयम् सेवकहरुले लक डाउन कार्यान्वयनका साथै खजुरा गाँउपालिकाका ५२ ओटा टोलमा खाद्य स्टोरका रुपमा उक्त खाद्यान्न राखिने र समस्यामा परेकाहरुलाई क्रमस बितरण गरिने अध्यक्ष बिकले जानकारी दिए ।

अध्यक्ष बिकले सहयोगी दाताहरुलाई राष्ट्रिय बाणिज्य बैक खजुरा शाखामा नेकपा खाजुरा गाँउकमिटीको नाममा रहेको खाता नं.४३५००००३५८०१ सहयोग रकम जम्मा गर्न सकिने जानकारी दिए ।

Nabintech