९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
महाकालीबाट उद्दार गरिएकी महिलाको उपचारका क्रममा कोहलपुरमा मृत्यु


कोहलपुर/ महाकाली नदीबाट उद्धार गरिएकी महिलाको मृत्यु भएको छ।दार्चुलाको महकाली नगरपालिकाको गल्फैमा महाकाली नदीमा बगेर गम्भीर बनेकी ब्यास गाउँपलिका १ की सपना ऐतवालको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

ऐतवालको उपचारको क्रममा आइतबार राती साढे २ बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।आइतबार बिहान नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो। भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम पछि उनको शप आफन्तले घर तर्फ लिएर गएको प्रहरीले बतायो ।

दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको ०५५ न हेलीकोप्टरमार्फत कोहलपुर ल्याइएको थियो।

Nabintech