५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रोकियो काँग्रेसको खाना खुवाउने कार्यक्रम


कोहलपुर/  नेपाली काँग्रेस र प्रजातान्त्रीक उद्योगी व्यावासयी संघले कोहपुर चौराहमा सुरु गरेको खाना खुवाउने कार्यक्रम स्थगित गरेको छ ।

लक डाउनका कारण पैदल यात्रामा हिडेकाहरुलाई सहयोग पुर्याउन सुरु गरेको कार्याक्रम हाल पैदय यात्रीहरु नभएकोको कारण स्थगित गरिएको खाना खुवाउने कार्यक्रमका संयोजक लक्ष्मण राज पौडेलले जानकराी दिए । पौडेलले ११ दिनको अवधीमा झण्डै ७ हजार बढिलाई खान खुवाईएको र १३ हजार बढिको उद्धार गरिएको जानकारी दिए ।

लकडाउनका कारण बिभिन्न जिल्लाबाट पैदल यात्रीहरु कोहलपुर चौराहा हुँदै गन्तव्यमा जान लागेको भन्दै कोहलपुर चौरहामा भोजनको व्यवस्थापन गरेको थियो ।
कोहलपुर चौराहमा भोजन व्यवस्थापन गर्दा कोहलपुरमा कोरोना सक्रमण बढन सक्ने भन्दै बिभिन्न क्षेत्र बाट बिरोध समेत भएको थियो ।

खाना खुवाउने कार्यक्रम संयोजक पौडेलले आफुहरुकोको कार्यक्रम बिशुद्ध मानबिय सेवा मात्रै भएको दाबि गरे । पहिचानका लागि मात्रै नेपाली काग्रेसको झण्डा र व्यानर प्रयोग गरिएको उनको भनाई थियो ।
उनले आगामि दिनमा माहामारिका कारण समस्यामा परेकाहरुको सेवा फरक तरिकाले गर्ने समेत जानकारी दिए ।

Nabintech