४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
क्रिकेट मैदानवासीलाई राहात बितरण


कोहलपुर/ कोहलपुर नगरपालिका वडा नं ११ ले सोमवार शान्ति नगरका बिपन्न समुदायका लागि राहात बितरण गरेको
छ ।

कोहलपुर ११ वडा अध्यक्ष कर्ण बहादुर थापाले शान्ति नगरको सुकुम्वासी बस्तीमा बस्दै आएका ४ सय ३३ घर पारिवारका झण्डै १६ सय जनालाई राहात बितरण सोमवार देखि सुरु गरेको जानकारी दिए । उनले परिवार संख्याको आधारमा प्रति व्यक्ति ५ किलो चामल , आधा लिटर तेल , आधा किलो दात र प्रति परिवार ५ किलो चामलका दरले राहात बितरण गरेको नयाँ कोर्सलाई जानकारी दिए ।

कोहलपुर ११ ले यस अघि कोहलपुर नगर पालिकाको बजेट बाट १ हजार बढि लाई र बिभिन्न ब्यक्ति तथा सस्थाहरुको सहयोगमा वडा कार्यलय बाट ३ सय ३२ जना लाई राहात बितरण गरि सकेको छ । अध्यक्ष थापाले यस अघि प्रति परिवार १५ किलो चामलका दरले राहात बितरण गरेको भएपनि यस पटक परिवार संख्याका आधारमा राहात बितरण गरिएको जानकारी दिए ।

अध्यक्ष थापापाले कार्यलयको तर्फबाट र सम्वन्धीत टोल बासीको तर्फ बाट समेत स्यम सेवक परिचालन गरि सामाजिक दुरी कायाम गरेर राहात बितरण गरेको नयाँ कोर्सलाई बताए ।

Nabintech