कोहलपुर / लकडाउन भएको महिना दिन पुगेसंगै कोहलपुर नगरपालिका र वडा कार्यालयहरुमा राहात संकलनमा तिब्र रुपमा भैरहेको छ ।
धौलागिरी ट्रेडर्स एण्ड सप्लायर्स कोहलपुरका संचालक यामनाथ पौडेल एवं श्रीमती दुर्गा पौडेलबाट २० केजीको ५० बोरा सावित्री चामल वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापालाई हस्तान्तरण गरेका छन । स्थानिय सरकारले एकद्धार राहात संकलन र बितरणको योजना ल्याए पश्चात दाताहरुले वडा कार्यालय र नगरपालिकाले राहात संकलन गरिरहेका छन । दैनिक ज्याला मजदुरी गरि खाने बर्ग, बिपन्न परिवारलाई सहयोग स्वरुप राहात बितरण गरिएको पौडेलले बताए ।