९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अञ्जली अधिकारीद्धारा पैदल यात्रीलाई खाना वितरण


कोहलपुर/   नृत्यंगना तथा मोडल अञ्जली अधिकारीले लक डाउनका कारण पैदल यात्रा गरिरहेकाहरु लाई खाना बिरण गरेकी छन् । बेटर बाँके सस्थासंगको सहकार्यमा पोखराबाट सुर्खेत जाँदै गरेका २२ यात्रुहरुलाई कोहलपुरको रोहिणीखोलामा खाजा र पानीको व्यवस्था गरेकी हुन् ।
बर्दिया घर भएकी र हाल बाँकको कोहलपुरमै रहेकी गलबन्दी च्यातियो तिम्ले तानेर गीतको अहिलेकी चर्चित मोडल अधिकारी सहितको टिमले खाना बितरण गरेको अभियानका संस्थापक निर्मल भुसालले
बताए ।


बेटर नेपालका सल्लाहकार रिसि थापाले यो अभियानमा आफ्नो व्यक्तिगत सहयोग र सहकार्य गरिदिएको भन्दै कलाकार अन्जली अधिकारी प्रती आभार प्रकट गरे । बेटर नेपालले बिभिन्न व्यक्तिसंगको सहकार्यमा लकडाउनका कारण समस्यामा परेका पैदल यात्रु, दैनिक र ज्यालादारीमा काम गर्ने मजदुर लगायतलाई सहयोग गर्दै आएको छ ।
अभियानमा राजु चन्द, रिसि थापा, रोहित चन्द र हरि थापा सक्रिय रुपमा सहभागि छन । खाद्यान्न बितरणमा अन्जली अधिकारी सहित एन्जीला शाह लगायतको सहभागिता रहेको थियो ।

Nabintech