६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कृषि एम्बुलेन्स मार्फत कृषि उपज वजारमा


कोहलपुर/ बाँकेमा कृषि एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएपछि किसानले उत्पादन गरेका तरकारी जन्य सामाग्रिहरु सहज रुपमा विक्रि वितरण भैरहेको छ । । किसानले उत्पादन गरेका कृषि उपज बजार सम्म ल्याउनका लागि कृषि एम्बुलेन्सको प्रयोग गरिएको हो ।

सहकारी सञ्जाल प्रदेश ५ अध्यक्ष प्रेम सुबेदीले कृषि उपजलाई बजार सम्म पुर्याउन एम्बुलेन्सको प्रयोग गर्दै किसानले उत्पादन गरेका कृषि उपज किसानको बारीबाटै खरिद गरि सहुलियत दरमा घरघर पुर्याएको बताए । कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को बिशेष पहलमा यस्तो कार्यको सुरुवात गरिएको सुबेदीले जानकारी दिए ।

आईतवार किसानले उत्पादन गरेको काक्रा बजार पुर्याईएको सुवेदीले बताए । बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कृषि उपजहरु बिक्रि नभएपछि उनले बर्दिया बासगडीको भैसापुरबाट प्रति किलो १६ रुपैयामा खरिद गरि उपभोक्ताको घर–घरमा प्रति किलो २० रुपैयामा पुर्याएको सुवेदीले नयाँ कोर्सलाई जानकारी बताए ।

कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिएको पिक अप भ्यानको तेल समेत प्रदेश सरकारले सहयोग गरेको सुबेदीले नयाँ कोर्सलाई जानकारी दिए । संयोजक सुबेदीले बाँके जिल्ला भरमा किसानका उत्पादन बिक्रि नभएको भए आफुहरुलाई जानकारी दिन समेत आग्रह गरेका छन ।

प्रदेश नं ५ कि कृषि मन्त्री आरति पौडेलले किसानले उत्पादन गरेका कृषि उपजहरुबाट किसानहरुले क्षति व्यहोर्नु पर्ने देखिए पछि कृषि एम्बुलेन्सको अवधारणा ल्याएको बताईन् । यस कार्यबाट किसानहरुलाई थोरै भए पनि राहात पुग्ने बताईन् ।
जिल्ला सहकारी संघ , जिल्ला ज्ञानकेन्द्र बाँके र कृषि मन्त्रालय प्रदेश ५ को सहकार्यमा यस्तो अभियान चलाईएको हो ।

Nabintech