१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा बन्दाबन्दीलाई थप प्रभावकारी बनाईदै

कोहलपुर चौराहा र मुख्य बजार क्षेत्रमा अवश्यक मात्रामा सेना परिचालन



कोहलपुर (बाँके) / कोहलपुर नगर क्षेत्रमा बन्दाबन्दीलाई थप प्रभावकारी बनाईएको छ । कोहलपुर चौराहामा अन्य जिल्लाहरुबाट आउने मानिसहरुलाई रोकेर खाना तथा पानीको व्यवस्थापन गर्दा जोखिम बढेको भन्दै चौराहामा सवारी साधन रोक्न निषेध गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुल दिप चन्द जानकारी दिए ।

कोहलपुर चौराहमा बिभिन्न जिल्लाबाट आउने यात्रुहरुका कारण जोखिम बढेको भन्दै बाहिरबाट आउने सावरी साधनलाई कोहलपुर क्षेत्रमा नरोकी सिधै गन्तब्यमा पठाउने गरिएको नगर प्रमुख लूट बहादुर रावतले जानकारी दिए । प्रमुख रावतले बाहिर जिल्लाबाट आएका सवारी साधनको रेकर्ड राखेर सिधै गन्तब्यमा पठाईएको र बाँके जिल्लामा आउनेहरुको ज्वरो चेँक गरेर सम्वन्धीत पालिकाको सम्पर्कमा पठाउने गरिएको जानकारी दिए । उनले लक डाउनको पुर्ण पालनामा लागि नेपाली सेना समेत परिचानका गरिएको नयाँ कोर्सलाई जानकारी दिए ।

नेपाली सेनाले लक डाउनको पुर्ण पालनका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीसंग मिलेर गस्ती गरिरहेको छ । कोहलपुर चौराह र मुख्य बजार क्षेत्रमा अवश्यक मात्रामा सेना परिचालीत भएको उनको भनाई छ ।
कोहलपुर चौराहमा यात्रु ओरालेर खाना खुवाउने लगायतका काम गर्दा थप जोखिम बढेको समाचार नयाँ कोर्स दैनिकले लगातार प्रकाशन गर्दै आएकोे थियो ।स्रोतका अनुसार कोहलपुर चौराहको भिड भाडको सुचना गृह मन्त्रालयमा पुगे पछि शनिवार गृह मन्त्रालयको बिशेष निर्देशन दिएको थियो । सोहि निर्देशन अनुसार नेपाल प्रहरीको सक्रियाता बढेको बताईएकोछ ।

नेकपा बाँकेका अध्यक्ष एंव प्रदेश साँसद आई पि खरेलले कोहलपुर चौराहको गतिबिधी नियन्त्रणका लागि बिभिन्न तहमा गरिएको प्रयास सफल भए अनुसार कोहपुर १२ को रोहीणी खोल छेउमा रहेको ज्ञान ज्योति माबि चप्परगौडीको खेल मैदानमा चेक जाँच क्याप खडा गरिएको बताए । उनले मानबिय सेवा गर्नेहरु पनि सचेत तरीकाले काम गनुगर्ने बताउदै सेवाका नाममा गरिने गतिबीधीले समग्र समाज लाई ठुलो क्षति पुर्याउने तर्फ सचेत हुनु पर्ने धारणा राखे ।

Nabintech