८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्ती सोनारीको वडा कार्यालयमा लगाएको ताला खोलियो


कोहलपुर/  राप्ती सोनारी गाँउपालिका वडा नं १ मा लागेको ताला शनिवार खुलेको छ । पत्रकार पोषन के.सी.ले ९५ कुन्टल चामल राप्ती सोनारी गाँउपालिका अन्तर्गत बिभिन्न वडाहरुमा बितरण गरेको भन्ने समाचार सार्वजनिक भएपछि राप्ती सोनारी १ को वडा कार्यालयमा तालाबन्दी भएको थियो ।

पत्रकार के.सी.ले कसको सहयोगमा चामल सहयोगमा भएको हो भन्ने कुरा सार्वजनिक हुनुपर्ने माग सहित तालाबन्दी गरिएको स्थानिय सन्तोष बस्नेतले नयाँ कोर्सलाई बताए । तालाबन्दी सहित बिरोधमा उत्रेका उनिहरुले शनिवार गाउँपालिका अध्यक्ष लाहु राम थारु संगको छलफल पछि ताला खोल्न राजि भएका हुन ।

तालाबन्दी गर्ने मध्येका अगुवा सन्तोष बस्नेतले पत्रकार केसीले पालिकालाई दिईएको भनिएको चामल आफुले खरिद गरेको नभई समन्वय मात्रै गरेको र तिन दिन भित्र सम्पुर्ण दाताहरुको नाम सार्वजनिक गर्ने प्रतिबद्धता पालिका अध्यक्ष मार्फत आएपछि ताला खोलिएको बताए ।

केसीले शुक्रवार राप्ती सोनारीका गाउँपालिका वडा नं १ लाई १५ कुन्टल र अन्य वडाहरु लाई १०/१० कुटल चामल हस्तान्तरण गरेका थिए । नेपाल पत्रकार महाँसघका पुर्व महासचिव केसी नेपाली काँग्रेसका नेता हुन ।

राप्ती सोनारी १ का अध्यक्ष चन्द्र बहादुर खत्रीले ३ दिन भित्र दाताहरुको नामवाली सार्वजनिक गर्ने सहमति पछि ताला खोलिएको बताए ।

Nabintech