कोहलपुर/ कोहलपुर नगरपालिकाले आज तेस्रो बिश्व औलो दिवस मनाएको छ । आफैबाट सुरु गरौँ औलोलाई शुन्यमा पुर्याउ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो ।
सामाजिक बिकास समितीका संयोजक नारायणी वलीको संयोजकत्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा कोहलपुर नगर स्वास्थ्यका जनस्वास्थ्य निरिक्षक अनिल सेन ठकुरी बरिष्ठ अधिकृत शोभा अधिकारी लगाएत स्वास्थ्यका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरिएको थियो ।