८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
किम जोङको उपचारका लागि चीनले पठायो उत्तर कोरियामा चिकित्सक टोली


एजेन्सी/  उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यको विषयलाई लिएर चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा चीनले त्यसतर्फ एक चिकित्सक टोली पठाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोली बिहीबार उत्तर कोरिया तर्फ गएको हो। तर सो कुराको पुष्टि भने हुन सकेको छैन। रोयटर्स समाचारका अनुसार चिनियाँ विदेशमन्त्रीले यसबारे बोल्न इन्कार गरेका छन्।

पछिल्लो समय नेता किमको स्वास्थ्य स्थिति गम्भीर भएको समाचार आइरहेका छन्। एक उत्तर कोरियाली अनलाईनका अनुसार उनी बिस्तारै निको हुन थालेका छन्। तर कतिपय अन्तरराष्ट्रिय सञ्चार माध्यमले भने उनी चिन्ताजनक अवस्थामा रहेको समाचार सार्वजनिक गरिरहेका छन्।

यसैगरी दक्षिण कोरियाको खुफिया एजेन्सीका एक अधिकारीले नेता किम जिवितै रहेको र चाँडै उनी सार्वजनिक रूपमा देखिने बताएका छन्। तर उनको स्वास्थ्य स्थिति र चिनियाँ संलग्नताका बारे भने खुलाउन नचाहेको समाचारमा उल्लेख छ।

बुधवार त्यहाँको स्टेट मिडियाले किमले सिरियाका राष्ट्रपति बशार अल असादलाई बधाइ सन्देश पठाएका थिए। हजुबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको जन्मदिनको अवसरमा उनले बधाइ व्यक्त गरेको बताइएको छ। रिपोर्टमा उनको दुई साता अगाडिको तस्विर सार्वजनिक गरिएको छ, जतिबेला उनी पार्टीको पोलिटव्युरोमा सहभागी भएका थिए।

तर, अप्रिल १५ मा सङको जन्मदिन समारोहमा उनको अनुपस्थितिलाई लिएर उनको स्वास्थ्यको विषयमा चर्चा चल्दै आएको छ। उनले २०११ मा सत्तामा आएसँगै यस कार्यक्रममा सहभागी हुँदै आएका थिए। यद्यपि, दक्षिण कोरियाले भने उनको स्वास्थ्यको विषयमा त्यस्तो कुनै संकेत नदेखिएको बताएको छ।

बिहीवार भएको दक्षिण कोरियाको सुरक्षा परिषदको बैठकमा पनि यस विषयमा चर्चा भएको थियो। बैठकमा उत्तर कोरियामा त्यस्तो असामान्य संकेत नदेखिएको निष्कर्ष निकालिएको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको स्वास्थ्यको विषयमा आएका रिपोर्टहरु गलत भएको बताएका छन्।

Nabintech